आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

अब सुर्तीजन्य वस्तुको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने

images
आइतबार, भदौ १२ २०७९
images
अब सुर्तीजन्य वस्तुको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने

सर्वोच्च अदालतको परमादेशसँगै सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नु पर्ने भएको छ।

images
images

काठमाडौं- सर्वोच्च अदालतको परमादेशसँगै सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नु पर्ने भएको छ।

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिकालाई संशोधन गर्दै सुर्तीजन्य वस्तुको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने व्यवस्था गरेको थियो।

images
images

उक्त व्यवस्थाको विरुद्ध पर्फेक्ट ब्लेन्ड्स प्रालिले रिट दायर गरेको थियो भने सरकारी व्यवस्था कार्यान्वनयमा जानुपर्ने मागसहित एक्सन नेपालका तर्फबाट अख्तियार प्राप्त अधिवक्ता राम चन्द्र शर्माले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसमेत विरुद्ध मुद्दा दायर गरेको थियो।

images
images

दुवै रिटलाई सर्वोच्चले लगाउमा राखेर सुनवाइ गर्दै आएको थियो। आठ वर्षपछि सर्वोच्चका न्यायधीश  कुमार रेग्मी र डा मनोजकुमार शर्माको इजलासले परफेक्ट व्लेन्डसको तर्फबाट दायर रिट खारेज गर्दै र एक्सन नेपालको तर्फबाट अधिवक्ता शर्माले दायर गरेको रिटको पक्षमा आदेश जारी भएको हो।

योसँगै अब सुर्तीजन्य वस्तुको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने एक्सन नेपालका कार्यक्रम अधिकृत अमित बमले जानकारी दिए। साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७१ कार्यान्वयन गर्न बाटो खुलेको छ।


प्रकाशित : आइतबार, भदौ १२ २०७९१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend