शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजारमा गिर्दो क्रम नै निरन्तर, २००० को बिन्दुबाट ओरालो लाग्दा देखिएन सुधारको आधार

images
आइतबार, भदौ १२ २०७९
images
सेयर बजारमा गिर्दो क्रम नै निरन्तर, २००० को बिन्दुबाट ओरालो लाग्दा देखिएन सुधारको आधार
images
images

काठमाडौं- गएको साताभर नै उही बिन्दु वरपर घुमिरहेको सेयर बजारमा यो साताको सुरुवात नै ठूलो गिरावटका साथ भएको छ। लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन।

images
images
images

आइतबार ३३.३६ अंकले घटेर बजार १९८९.२६ बिन्दुमा झरेको छ। आइतबार २ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ। जहाँ पाँच कम्पनीको मात्र सेयर मूल्य बढ्दा १८२ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

images
images

गएको साता साता आइतबार ७.७२ र सोमबार ७.३८ अंकको गिरावट देखिएको सेयर बजारमा मंगलबार उतारचढावका बीच १.८१ अंकको वृद्धि देखिएको थियो। बुधबार २.८७ अंकको झिनो वृद्धि भए पनि शुक्रबार १६.९३ अंकले बजार घटेको थियो।

images
images

बैंक तथा वित्तीय संस्थाहरूको सुधारको आश देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।

केही दिनको उछाल र केही दिनको गिरावटबीच उतारचढाव भइरहेको बजार अहिले भने तलतिर लागेको छ। बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्। 

चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। 

अब आउने समयमा पनि सेयर बजारमा उल्लेख्य वृद्धि आउने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : आइतबार, भदौ १२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend