शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पाँच सहकारी गाभिँदै, कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
images
पाँच सहकारी गाभिँदै, कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने

गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ रहनेछ। 

images
images

काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी गाभिने भएका छन्। राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो। 

images
images
images

गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ रहनेछ। 

images
images

गाभिएपछि संस्थाको कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने भएको छ भने बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५ सय ९७ रुपैयाँ हुनेछ। ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १ सय २८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ। त्यस्तै कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १ सय ९६ रुपैयाँ पुग्ने पनि जनाइएको छ।  

images
images

पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको सेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५ सय रुपैयाँ पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या ६ हजार ८ सय ५८ जना पुग्ने भएका छन्।

पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९ सय ८२ हुनेछ। कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार आठ सय ९८ पुग्ने जनाइएको छ। त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८ सय १७ रहने छ। रासस


प्रकाशित : आइतबार, भदौ १२ २०७९०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend