आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

खानेतेल बोकेको ट्रक जरेखेतमा दुर्घटना

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
images
खानेतेल बोकेको ट्रक जरेखेतमा दुर्घटना

त्रिशूली नदी किनारमा खसेको ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो।

images
images

मलेखु- विराटनगरबाट खानेतेल लिएर काठमाडौं आउँदै गरेको ना५ख ५९५५ नंको ट्रक आइतबार बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा दुर्घटना भएको छ। 

images
images
images

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।

images
images

प्रनाउ रिमाललले भने, 'प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो।' दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

images
images


प्रकाशित : आइतबार, भदौ १२ २०७९०४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend