आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

प्रशासनमा बिचौलियाको बिगबिगी, नागरिकलाई राष्ट्रिय परिचयपत्र लिन सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ९ २०७९
images
प्रशासनमा बिचौलियाको बिगबिगी, नागरिकलाई राष्ट्रिय परिचयपत्र लिन सास्ती

कार्यालय अगाडि ९ बजेदेखि जम्मा हुने सेवाग्राहीले प्रशासन कार्यालयमा घण्टौँ कुरेर परिचयपत्रको फारम बुझाएको महिना दिनपछि मात्रै नम्बर पाउने गर्छन्।

images
images

धनुषा-  जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ ।

images
images
images

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताए। कार्यालयमा अत्यधिक भीड रहेको  र अनलाइनमा फाराम नभरेकाले रु दुई सय तिरेर बाहिरबाट विवरण भर्नुपरेको उनको भनाइ थियो । 'कता हो, के हो ? थाहा छैन, कार्यालयमा आउँदा बाहिर अनलाइन भर्नुपर्ने बाध्यता रैछ' उनले भने। 

images
images

वैदेशिक रोजगारीका लागि राहदानी बनाउनुपर्ने र त्यसका लागि राष्ट्रिय परिचयपत्र बनाउन आएको यादवले जानकारी दिए। नयाँ राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि अरबिन्द यादवजस्ता कैयौँ सेवाग्राही सास्ती भोग्न बाध्य छन् । 

images
images

दैनिक दुई सय पचासदेखि तीन सय सेवाग्राही रहेकाले सेवा दिन कठिन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनलाइनमा विवरण भरेर फोटो खिच्ने, ल्याप्चे लिनेलगायत काम गर्दा दैनिक दुई सयलाई सेवा दिन सकिने तर अनलाइन फारम बाहिर नभर्ने हो भने ५० देखि ६० जनाको मात्रै काम गर्न सकिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। 

कार्यालय अगाडि ९ बजेदेखि जम्मा हुने सेवाग्राहीले प्रशासन कार्यालयमा घण्टौँ कुरेर परिचयपत्रको फारम बुझाएको महिना दिनपछि मात्रै नम्बर पाउने गर्छन्।

यसरी परिचयपत्रको नम्बर पाउने प्रक्रियामा ढिलाइ हुने भएको हुँदा सेवाग्राही अहिले बिचौलियाको प्रलोभनमा फस्ने गरेका छन् । यता सेवाग्राहीले कर्मचारीकै मिलोमतोमा बिचौलियाले आफूहरूबाट अतिरिक्त रकम लिएको आरोप लगाउने गरेका छन्। रकम बुझाएपछि मात्र छिटो परिचयपत्रको नम्बर पाउने भएपछि राहदानी बनाएर विदेश जानेहरूले बिचौलियाको सहयोग लिने गरेका हुन्। 

बिचौलियाले फारम भरेको दिनमै नम्बर उपलब्ध गराउने गरेका छन्। प्रशासनभित्रको दुई क्यान्टिनको भित्री कोठा, कार्यालय आसपासको पसलमा एक दिनमै परिचयपत्रको नम्बर उपलब्ध गराउन सेवाग्राहीबाट रकम सङ्कलन गर्ने गरिन्छ। परिचयपत्र नम्बर प्राप्त गरेका एक सेवाग्राहीले भने, 'सबै प्रक्रिया पूरा गरे पनि कर्मचारीले राष्ट्रिय परिचयपत्रको नम्बरका लागि सेवाग्राहीलाई महिना दिन कुराउँछन्  तर तीन हजार अतिरिक्त रुपैयाँ दिए बिचौलियाले तुरुन्तै नम्बर उपलब्ध गराउँछन् । आफूले पनि त्यस्तै गरेकोले नम्बर प्राप्त गरे, मेरो काम बन्यो।' रासस

 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend