आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

आन्तरिक विमानस्थलमा सबैभन्दा ठूलो टर्मिनल विराटनगरमा निर्माण हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ९ २०७९
images
आन्तरिक विमानस्थलमा सबैभन्दा ठूलो टर्मिनल विराटनगरमा निर्माण हुने 

विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब रूपैयाँ लगानी आवश्यक हुने प्राधिकरणको अनुमान छ।

images
images

काठमाडौं- आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनल भवन   विराटनगर विमानस्थलमा निर्माण हुने भएको छ। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलमा नयाँ टर्मिनलसहितको विमानस्थल पूर्वाधार निर्माण योजना अघि बढाएको छ। प्राधिकरणले नेपालगञ्ज र भरतपुरसँगै विराटनगर विमानस्थलमा नयाँ टर्मिनलसहितको पूर्वाधार निर्माणका लागि टेन्डर आव्हान गरेको छ। 
 
विमानस्थलमा यात्रु चाप बढ्दै गए पनि साँघुरो टर्मिनलका कारण सेवा राम्रो नभएको भन्दै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अघि बढाएको छ। 

images
images

विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ। अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको हुनेछ। यो अहिले नेपालका डोमेस्टिक (आन्तरिक उडान) टर्मिनलमा सबभन्दा ठूलो हुनेछ। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ।  

images
images

विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब रूपैयाँ लगानी आवश्यक हुने प्राधिकरणको अनुमान छ।

प्रतिघन्टा नौ सय यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्‍ने प्राधिकरणको प्रक्षेपण छ। टर्मिनलसँगै विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी-वे निर्माण गर्न भन्दै प्राधिकरणले  १२६ विघा निजी जमिन अधिग्रहण गर्ने  गरिसकेको छ। 

बि.स. २०१५ सालमा बनेको यो विमानस्थलको हाल १२० बिघामा फैलिएको छ। १५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा हाल एटिआर–७२, बम्मार्डियरको क्यू ४०० सिरिजका जहाज अवतरण हुन्छन्।


धावनमार्गदेखि स्ट्रिपको दुरी १६५ मिटर चाहिन्छ। तर अहिले जम्मा १४० मिटर छ। यो मापदण्ड पूरा गर्न विमानस्थलको एक भागमा मात्र पर्याप्त छ, अर्कोतिर छैन। यसका लागि पनि थप जग्गा लिइएको प्राधिकरणले जानकारी दिएको छ। 

 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend