आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ८ २०७९
images
जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

जथाभावी फोहर फाल्ने व्यक्तिलाई प्रहरीको समन्वयमा सिसी टिभी हेरेर कारबाही गरिने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको दृष्य हेरेर कारबाही गर्ने बताएका छन्।

images
images
images

नेपाल प्रहरीको आयोजनामा बुधबार काठमाडौंमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए। 

images
images

विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ। उनले उपत्यकाको सिसी टिभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिए। नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सिसी क्यामरा चाहिने जनाएको छ। 

images
images

प्रमुख साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ, त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिए। उनले पार्किङको लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताए। रासस 


प्रकाशित : बुधबार, भदौ ८ २०७९११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend