आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

नेपाली युवाले पोर्चुगलमा खोले ‘तारे होटल’ 

images
बुधबार, भदौ ८ २०७९
images
नेपाली युवाले पोर्चुगलमा खोले ‘तारे होटल’ 

कोरोनाको कहर सकिएसँगै पोर्चुगलमा पर्यटकको आवागमन तीब्र हुन थालेको छ। लेरिया पोर्चुगलको मध्यभागमा रहेकोले पनि होटल कोल्मियामा पुग्ने पाहुनाको चाप बढ्दो छ।

images
images

पोर्चुगल- पोर्चुगलमा एक नेपाली व्यवसायीले ‘कोल्मिया’ नामक ‘तीन तारे’ होटल संचालनमा ल्याएका छन्। स्वदेशी अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्यले पोर्चुगलको लेरियामा युवा व्यवसायी राजकुमार गौतमले होटल संचालनमा ल्याएका हुन्।

images
images
images

पोर्चुगलको इतिहासमा तीन तारे होटल संचालन गर्ने गौतम नै पहिलो नेपाली व्यवसायी हुन्। स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी होटल संचालनमा ल्याइएको व्यवसायी गौतम बताउँछन्। ‘हामीले सबै प्रकारका पाहुनालाई लक्षित गरी होटल संचालनमा ल्याएका हौँ’ उनले भने, ‘गुणस्तर र स्तरीय सेवा दिने हाम्रो लक्ष्य हो।’

images
images

पाँच हजार वर्गमिटरमा फैलिएको कोल्मिया होटलमा डिलक्स र स्वीट गरी कुल ४५ वटा सुविधासम्पन्न कोठाहरू छन्। यसका साथै होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, बैठक हल, गाडी पार्किङ, जिम हल तथा स्वीमिङ पुल लगायतका दर्जन बढी सुविधा छ।
 
त्यसो त काभ्रेपलाञ्चोक स्थायी घर भएका गौतम विगत १५ वर्षदेखि पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका छन्। उनी साना तथा मझौला रेष्टुरेन्टमा लगानी गर्दै अहिले तारे होटलमा लगानी गर्ने हैसियतमा पुगेका छन्। जुन नेपालीका लागि खुसीको विषय हो। पोर्चुगलको राजधानी लिस्बनमा विगत लामो समयदेखि होटल व्यवसाय गर्दै आएका गौतमले व्यवसाय विस्तारको क्रममा हाल अर्को ब्यस्त सहर लेरियामा होटल संचालन गरेका हुन्।

images
images
hotel portugal (5).jpg

मेयरले गरे होटलको उद्घाटन, सहयोग गर्ने प्रतिवद्वता

केही समयअघि मात्रै पर्यटकिय क्षेत्र लेरियास्थित मोन्तेरियलमा होटल संचालनमा आएको हो। एक कार्यक्रमका बीच लेरियाका मेयर गोङसालो लोप्सेले विधिवत रुपमा उद्घाटन गरेका थिए। उनले पोर्चुगलमा नेपाली लगानी बढेकोमा खुसी व्यक्त गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाए। उनले पोर्चुगलमा बसेर ठूलो राशीको लगानी होटल क्षेत्रमा गर्दा मुलुकको अर्थतन्त्रमा थप टेवा पुगेको भन्दै प्रशंसा गरे। उनले आगामी दिनमा गुणस्तरीय सेवाका साथ ग्राहकहरूको मन जित्न संचालकलाई आग्रह गरे।
 
संचालनमा आएसँगै होटल कोल्मियालाई स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरूले पनि साथ दिएका छन्। नेपाली व्यवस्थापनमा संचालित होटल भएकै कारण संचारमाध्यमहरूले समाचारको विषयवस्तु बनाउने गरेको होटलका म्यानेजर बताउँछन्। उनका अनुसार होटलको बारेमा आर्थिक पत्रपत्रिकाले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन्।

बढ्दै पर्यटकीय चहलपहल, होटलमा पाहुनाको भीड

कोरोनाको कहर सकिएसँगै पोर्चुगलमा पर्यटकको आवागमन तीब्र हुन थालेको छ। लेरिया पोर्चुगलको मध्यभागमा रहेकोले पनि होटल कोल्मियामा पुग्ने पाहुनाको चाप बढ्दो छ। लेरिया राजधानी लिस्वनबाट एक घण्टाको दूरीमा पर्छ। त्यसैले पनि बिदा मनाउन लिस्बनबाट मानिसहरू जाने गरेकोले सप्ताहन्तमा अलि बढि चाप हुने गर्छ।

मोन्तेरियलमा रहेको तातोपानीमा नुहाउनका साथै नजिकै रहेको नजारेको छाल हेर्न हरेक साता पर्यटकहरू पुग्ने गर्छन्। साथै ऐतिहासिक स्थलहरू फातिमा, बुद्ध पार्क, पोर्तो लगायतका क्षेत्रमा घुम्न जाने पर्यटकहरू पनि होटलको पाहुना हुन्। त्यसो त लेरिया आफै पनि पर्यटकीय सहर भएका कारण दैनिक सयौंको संख्यामा पर्यटकहरू लेरिया पुग्छन्।

hotel portugal (3).jpg

नेपालीसँगै एसियन नागरिकको रोजाइमा होटल कोल्मिया

राजधानी लिस्वनदेखि एक घण्टाको दूरीमा रहेको यो होटल नेपालीसँगै एसियन पर्यटकहरूको रोजाइमा परेको छ। लिस्बन, पोर्तो लगायतका सहरमा बसोबास गर्दै आएका नेपाली, भारतीय, पाकिस्तानीलगायत एसियनहरू पनि बिदा मनाउन, घुमफिर गर्न र काम विशेषले लेरिया पुगेकाहरूको पनि होटल कोल्मिया रोजाइमा पर्ने गरेको छ। 

साथै बेलायत, जर्मनी, फ्रान्स, डेनमार्क, स्पेन, बेल्जियम लगायत युरोपियन मुलुकका पर्यटकहरू पनि  होटलमा पुग्ने गर्छन्। ‘शहरी सकसमा बस्न नरुचाउने पर्यटकहरू कोल्मियामा आउने गर्छन्’ उनले भने, ‘गौतमले भने, ‘यहाँ समुन्द्रसँगै पर्यटकिय क्षेत्रहरू भएकोले होटलमा एसियन पर्यटकको संख्यामा बृद्धि भएको छ।’


प्रकाशित : बुधबार, भदौ ८ २०७९०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend