आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

बाख्रापालनबाट मनग्य आम्दानी

images
बुधबार, भदौ ८ २०७९
images
बाख्रापालनबाट मनग्य आम्दानी

बुढाथोकी जिल्लामै अगुवा र मेहेनती कृषकका रूपमा परिचित छन्। उनलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो  साथ सहयोग रहेको छ।

images
images

सुन्दरहरैँचा- मोरङको सुन्दरहरैंचा-१  कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन्। धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन्। पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर बाख्रापालन लागेका हुन्।  

images
images
images

'बाख्रापालनबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भए', उनले भने। उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसीबाख्रा छन्। सुरूआतमा बुढाथोकीले चार बाख्रा र स-साना पाठापाठीबाट व्यावसाय थालेका थिए। हाल उनको फार्ममा बग्रेल्ती खसीबाख्रा देख्न सकिन्छ। बुढाथोकी परिवार खसीबाख्रा र पाठापाठी खरिद बिक्रीबाट मनग्य आम्दानी आर्जन गर्दै आएको छ।  

images
images

बुढाथोकी जिल्लामै अगुवा र मेहेनती कृषकका रूपमा परिचित छन्। उनलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो  साथ सहयोग रहेको छ। गाई, भैँसी र कुखुरासमेत पालेको उनले बताए। स्वदेशमै बसेर कृषि फार्म सञ्चालन गरेका बुढाथोकीले केहीलाई रोजगारीसमेत दिएका छन्। बाह्र कक्षासम्म अध्ययन गरेका उनले फार्म विस्तारको योजना बनाएका छन्।  

images
images

चार बिघा जमिनमा खेतीपाती गर्दै बुढाथोकीले खसीबाख्रा र गाईभैँसीका लागि घाँस परालको जोहोसमेत गरेका छन्। कृषि पेशाका लागि कहीँकतैबाट अहिलेसम्म सहयोग पाउन नकसेको उनी बताउँछन्। 'सरकारले अनुदान उपलब्ध गराएर युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्छ', बुढाथोकीले भने। बाख्रापालनकै आम्दानीले घरपरिवारको खर्च टारेर छोराछोरीलाई समेत शिक्षादिक्षा दिन सफल भएको उनको भनाइ छ। उनको कर्मले गाउँमा अरूलाई पनि हौसला मिलेको छ। 

सुन्दरहरैंचा नगरपालिकाको उत्तरतर्फ चारकोशे झाडी छ। त्यहाँ बाख्रापालन गर्न कृषकलाई सहज छ। सुन्दरहरैँचा नगर क्षेत्रमा हाल ९८ बाख्रापालनको फार्म दर्ता छन्।

नगर पशु चिकित्सक जीवन चापागाईँ बाख्रापालकलाई मुख्यरूपले छेरूवा, नाम्ले, जुका, घाउ हुने, ज्वरो आउने, पेट ढाडिनेलगायत समस्याले दुःख दिने गरेको बताउँछन्। 'यसतर्फ कृषक सचेत रहन जरूरी छ', उनले भने। कृषि फार्म दर्ता गरेर अघि बढ्न चाहने कृषकका लागि विविध कार्यक्रम अघि बढाउने योजना रहेको नगरप्रमुख केदारप्रसाद गुरागाईँ बताए। रासस


प्रकाशित : बुधबार, भदौ ८ २०७९०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend