आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भारतीय क्वारेन्टाइन सूचीमा नपर्दा निर्यात हुन लागेको जडीबुटी नेपालगञ्जमै थन्कियो

images
बुधबार, भदौ ८ २०७९
images
भारतीय क्वारेन्टाइन सूचीमा नपर्दा निर्यात हुन लागेको जडीबुटी नेपालगञ्जमै थन्कियो

नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो।

images
images

बाके- भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ। भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको छ। बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन्। 

images
images
images

कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए। उनले आफ्नो १ करोड रुपैयाँ मूल्यबराबरको उत्पादन थन्किएको बताए। नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो। यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात भएको छ। नेपालका विभिन्न जिल्लामा संकलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ।

images
images

सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको संघका अध्यक्ष टंकप्रसाद शर्माको आरोप छ। सरकारले जडीबुटी खेतीतर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाइ छ। भारतीय भन्सारमा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुनुलगायत कारणले निर्यातमा कमी आएको शर्माले बताए। 

images
images

भारतको प्लान क्वारेन्टाइनसँग समन्वय गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने उनको भनाइ छ। जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समवन्य नगर्दा निर्यातमा समस्या झेल्नुपरेको बताए।

'धेरै समय मौज्दात राख्दा जडीबुटीको गुणस्तरमा ह्रास आउँछ, मूल्यमा घटबढ हुन्छ', उनले भने। बाँकेमा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ। यसै वर्षदेखि यहाँ कुरिलो खेतीको सुरुआत गरिएको छ। 

नेपाल जडीबुटी व्यवसायी संघका पूर्वध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन। केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन-अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उनको आरोप छ। रासस


प्रकाशित : बुधबार, भदौ ८ २०७९०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend