शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रसुवागढी नाकाबाट पहिलो पटक भित्रियो एमजीका १ सय इलेक्ट्रिक कार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
रसुवागढी नाकाबाट पहिलो पटक भित्रियो एमजीका १ सय इलेक्ट्रिक कार

एमजीले रसुवागढी नाकाबाट हामीले १ सय वटा कार काठमाडौं ल्याएको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए।

काठमाठौं- कोलकाता हुँदै तीनबाट कार आयात गर्न सिपेमन्टमा समस्या भएपछि एमजीका इलेक्ट्रिक कार पहिलोपटक रसुवागढी नाकाबाट नेपाल भित्रिएको हो। 

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले माग बढेसँगै १ सय वटा कार रसुवागढी नाकाबाट ल्याएको हो। चीनबाट भारत हुँदै कार ल्याउन सिपमेन्टमा समस्या देखिएपछि कार रसुवागढीबाट ल्याइएको कम्पनीले जनाएको छ। 

बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज)को स्वामित्व हाल चिनियाँ कम्पनी एसएआईसी मोटर कर्पोरेसनसँग छ। नेपाली बजारमा आउने एमजीका अधिकांश कार चीनमा बनेका छन्। 

एमजीको इलेक्ट्रिक कार जेडएस इभी भने चीनमा नै बन्ने गरेको छ। अघिल्लो वर्ष सरकारले विद्युतीय कारमा उल्लेख्य कर बढाएपछि आयाकर्ताहरुले विद्युतीय कारको आयात नै गरेको थिएनन्। 

तर तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत जेठ १५ मा ल्याएको बजेटमा पुनः कर घटाएपछि विद्युतीय कार आयात उल्लेख्य बढेको छ। तर विश्वभर चिप अभाव हुँदा कार उत्पादन नै घटेको छ। 

कोरोनालगायत समस्याका कारण चीनबाट भाारतहुँदै गरिने आयातमा केही समय आएपछि चीनबाट कार ल्याउनेहरुले वैकल्पिक मार्गका रुपमा रसुवागढी नाकालाई छानेका हुन्। 

एमजीले रसुवागढी नाकाबाट हामीले १ सय वटा कार काठमाडौं ल्याएको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए। ‘एमजीका १ सय वटा कार रसुवागढी नाका हुँदै ल्याएको हो,’ अर्यालले भने, ‘रसुवागढीबाट हामीले ती गाडी गुडाएर ल्याएका हो। चीनबाट ल्याउँदा र भारतबाट ल्याउँदा लागत भने उस्तै पर्ने अनुमान गरिएको छ।’

चीनबाट कार आयात गर्दा लागन कति लाग्ने भनेर हिसाब गर्न भने बाँकी नै रहेको उनले बताए। 

पछिल्लो समय चीनबाट आयात हुने कार रसुवागढी नाका प्रयोग हुने क्रम बढेको छ। गत आर्थिक वर्षदेखि हालसम्म करिब ८ सय साना ठूला सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको रसुवागढी भन्सारले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज १७ २०७८०६:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend