शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सवारीसाधन र पाटपुर्जाको आयातसँगै दुई तिहाई घट्यो राजस्व

मंगलबार, भदौ ७ २०७९
सवारीसाधन र पाटपुर्जाको आयातसँगै दुई तिहाई  घट्यो राजस्व

उक्त मूल्यको सवारी तथा पार्टपुर्जा आयात बापत सरकारले जम्मा ३ अर्ब ६७ करोड ८१ लख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। 

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा सवारी तथा सवारी जन्य पार्टपुर्जाको आयातमा उल्लेख्य गिरावट आएको छ। आयातको अनुपातमा राजस्व संकलनमा ठूलो गिरावट आएको तथ्यांक छ। 

चालु आवको पहिलो महिनामा साउनमा ४ अर्ब ६४ करोड १८ लाख २४ हजार रुपैयाँको सवारी तथा पार्टपुर्जा आयात भएको भन्सार विभागको तथ्यांक छ। उक्त मूल्यको सवारी तथा पार्टपुर्जा आयात बापत सरकारले जम्मा ३ अर्ब ६७ करोड ८१ लख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। 

गत आव २०७८/७९ को साउनमा मात्र १० अर्ब १४ करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको सवारी तथा पार्टपुर्जा आयात भएको थियो। यस बापत राज्यले ९ अर्ब ४७ करोड २३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। 

गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा सरकारले सवारी तथा पार्टपुर्जाको आयातबाट ५ अर्ब ८० करोड रुपैयाँन्दा बढी राजस्व कम संकलन गरेको छ। 

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सवारी साधनको आयातमा बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाएको थियो। बैशाख १३ देखि लगाएको आयात प्रतिबन्धलाई असार ३१ मा समग थप परेर भदौ १३ सम्मलाई लम्ब्याएको थियो। 

त्यस्तै असार ३१ मा आयात प्रतिबन्धलाई निरन्तर्ता दिन राजपत्रमा प्रकाशित सूचनामा भाषिक अस्पष्टता हुँदा त्यसयता कारको भन्सार जाँचपास हुन सकेको थिएन। सरकारले उक्त सूचनालाई गतसाता सच्याएर पुनः प्रकाशित गरेपछि भने कारको भन्सार जाँचपास सुरु भएको हो। 

बैशाख १३ अघि एलसी खुलेर आयातको प्रक्रियामा रहेका ९ सयभन्दा बढी कार भन्सार नाकामा रोकिएर बसेका थिए।  


प्रकाशित : मंगलबार, भदौ ७ २०७९१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend