शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सिभिल गाभ्ने सम्झौता गरेको हिमालयनको सेयर मूल्यमा बढ्दो ग्राफ, एकीकृत कारोबारपछि कस्तो होला?

images
बुधबार, भदौ ८ २०७९
images
सिभिल गाभ्ने सम्झौता गरेको हिमालयनको सेयर मूल्यमा बढ्दो ग्राफ, एकीकृत कारोबारपछि कस्तो होला?
images
images

काठमाडौं- सिभिल बैंकलाई गाभ्ने सम्झौता गरेको हिमालयन बैंकको दोस्रो बजारमा सेयर मूल्य बढ्न थालेको छ। बैंकको सेयर मूल्य मंगलबार पनि प्रतिकित्ता १०.२० रुपैयाँले बढेको छ। 

images
images
images

बैंकको सेयर प्रतिकित्ता ३३३ रुपैयाँमा कारोबार भएको छ। सेयर मूल्य यसअघि लगातार घटेर २९० रुपैयाँमा आएको थियो। दुई बैंकले आगामी मंसिर १५ देखि एकीकृत कारोबार गर्ने तयारीसमेत गरेका छन्। 

images
images

हिमालयन र सिभिल बैंकबीच १००ः८१ अनुपातमा मर्जर सहमति भएको थियो। नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंकले पनि मर्जरमा हिमालयन बैंकलाई नै प्राथमिकतामा राखेको थियो। इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकले जसरी पनि एक बैंकसँग मर्जरमा जानु पर्ने थियो। 

images
images

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुनेछ। सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ। हिमालयनको बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।

सिभिल बैंक

सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजिशनमा जाने सम्झौता गरेको सिभिल बैंकले नाफामा छलाङ मारेको छ। बैंकले पहिलो पटक १ अर्बभन्दा बढी नाफा कमाएको हो।

सिभिल बैंकले आर्थिक २०७८/७९ मा १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष बैंकले नाफा ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकले अघिल्लो वर्षभन्दा ८५ कराड २३ लाख बढी नाफा आर्जन गरेको छ।

बैंकको वितरणयोग्य नाफा नै १ अर्ब रुपैयाँ रहेको छ। जसअनुसार बैंकको लाभांश क्षमता ११ प्रतिशत रहने छ। सिभिल बैंकको ९ अर्ब ७ करोड रुपैयाँ चुक्तापुँजी पुगेको छ। बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ। अघिल्लो वर्ष ब्याज आम्दानीबाट २ अर्ब २१ करोड थियो। बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ।

यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ। बेसरेट १०.४६ प्रतिशत र खराब कर्जा अनुपात १.०८ प्रतिशत छ। बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो। बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ।  असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ। अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो।

हिमालयन बैंक 

हिमालयन बैंक लिमिटेडले २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी उल्लेख्य घट्दा बैंकको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढेको छ। यता, बैंकको कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेको छ। 

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २२ रकोड रुपैयाँ अन्य सञ्चालन आम्दानी, गत आर्थिक वर्षमा घटेर १२ करोड ४० लाखमा सीमित भएपछि बैंकको कुल आम्दानी र सञ्चालन मुनाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७०.५० रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१.३८ प्रतिशत बढेको छ भने जगेडा कोष ३.२३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप १९.४३ प्रतिशत र कर्जा १७.४१ प्रतिशत बढेको छ।


प्रकाशित : बुधबार, भदौ ८ २०७९०१:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend