आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

images
मंगलबार, भदौ ७ २०७९
images
मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

यो सेवा स्वास्थ्य क्षेत्र अन्र्तगत मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरु गरिएको छ।

images
images

काठमाडौं- मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।

images
images
images

यो सेवापछि अस्पतालमा जचाउँन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन्। यो सेवा स्वास्थ्य क्षेत्र अन्र्तगत मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरु गरिएको छ। 

images
images

बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गइ लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ। विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ। 

images
images

यो सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।


प्रकाशित : मंगलबार, भदौ ७ २०७९१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend