शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा मोटर्सको दसैंमा ‘द-सही’ अफर

मंगलबार, भदौ ७ २०७९
टाटा मोटर्सको दसैंमा ‘द-सही’ अफर

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले २०७९ को दसैंलाई थप उत्साहजनक बनाउन ‘दसैंमा द-सही अफर’ ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङगर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टीभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने छन्। आफूले खरिद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर लिन सकिने सिप्रदीले जनाएको छ। 

साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्सलगायत सुविधाहरु पनि रहेका छन्।

सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार हरेक वर्षझैँ यसपालीको आउदो दसैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् र विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको छ। 

कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल’ हेर्न सकिने कम्पनीको भनाइ छ। 


प्रकाशित : मंगलबार, भदौ ७ २०७९११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend