आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भैरहवामा खुल्यो ३ करोडको लगानीमा ‘सिभेट लन्ज एण्ड बार’

images
मंगलबार, भदौ ७ २०७९
images
भैरहवामा खुल्यो ३ करोडको लगानीमा ‘सिभेट लन्ज एण्ड बार’

सञ्चालनमा आएको एक महिनासम्मका लागि खानामा १५ प्रतिशत छुटको व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ।

images
images

भैरहवा- रुपन्देहीको भैरहवामा करिब ३ करोडको लगानीमा ‘सिभेट लन्ज एण्ड बार’ सञ्चालनमा आएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेट अगाडि उक्त होटल आइतबारदेखि सञ्चालनमा आएको हो।

images
images
images

विमानस्थलमा आउने र यहाँबाट जाने पर्यटकलाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याइएको यसै होटलका सञ्चालक प्रकाश अधिकारीले बताए। उनले भने, ‘सिभेट लन्ज एण्ड बारमा नेपाली, इण्डियन, चाइजिन कन्टीनेन्टल खाना उपलब्ध गराइनेछ।’ साथै यहाँ कफि पारखीहरुका लागि बिश्वकै उच्च स्तरीय कफि सिबेट कफिको पनि व्यस्था गरिएको छ। 

images
images

'पूर्णतया वातानुकुलित रेस्टुरेन्ट भित्र बसेर स्वस्थकर खाना प्रदान गर्ने गरी होटललाई सञ्चालनमा ल्याएका हौं,' अधिकारीले भने, 'गुणस्तरमा हामीले कहिल्यै कम्परमाईज गर्ने छैनौं।' आफूसँग पाँच तारे होटल सञ्चालनका क्रममा सिकेको सिपलाई सिवेट लन्जमा प्रयोग गर्ने समेत उनले बताएका छन्। 

images
images

होटलमा २५-३० जना अट्ने सभाहल, दुईवटा बैठक कोठा रहेका छन्। ४ हजार स्कायरफिट क्षेत्रफलमा निर्माण भएको होटलमा एकै पटकमा १ सय २० जना जतिले सँगै बसेर खाना खान सकिने सञ्चालक अधिकारीले जानकारी दिए। साथै होटलबाट विमानस्थलको दृश्वालोकन गर्न सकिन्छ भने खाना खाएर विमानस्थल जान सकिने तथा विमानस्थलमा गएर जहाजको पखाईमा बस्नुभन्दा होटलमा बसेर आराम गरेपछि यात्रा गर्न सकिने अधिकारीले बताए। 

यस होटलका सञ्चालक युवा उद्यमी अधिकारी होमल्याण्ड ग्रुपका अध्यक्ष हुन्। उनले होमल्याण्ड मिडिया, कन्स्ट्रक्सन एण्ड डिजाईन, स्पोट्स क्लव, फेसन पेन्ट लगाएतका व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्। 

होटल परिसर भित्र ३ वटा एटीएम लाउन्ज राखिएको छ। स्थानिय तथा बाह्य पर्यटकको सुबिधाको लागि एटीएम लाउन्जको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। होटलमा आउने उपभोक्ताको सुविधाको लागि प्रयाप्त प्रार्किङसमेत रहेको छ। 

सञ्चालनमा आएको एक महिनासम्मका लागि खानामा १५ प्रतिशत छुटको व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend