शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नागरिक लगानी कोषले ३० प्रतिशत बोनस सेयर दिँदै, उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ७ २०७९
images
नागरिक लगानी कोषले ३० प्रतिशत बोनस सेयर दिँदै, उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने
images
images

काठमाडौं- नागरिक लगानी कोषले विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्ने भएको छ। कोषको २७औँ वार्षिक साधारणभाका अवसरमा आयोजित कार्यक्रममा लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता गरिएको छ। 

images
images
images

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत सेयर लाभांश र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।
 
यसैगरी आव २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ। सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने धारणा व्यक्त गरे।
 
उनले कोषले सङ्कलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पूँजीबजारका विकास गरी लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरुका बारेमा जोड दिए। 

images
images

आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख पुगेको छ  उक्त अवधिमा कोषले १ खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ।
 
कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको जनाएको छ। यसैगरी कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा ‘एनएलके वेभ बेष्ड सफ्टवेयर’ पूर्णरूपमा लागू गरिएको छ। साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ।
 
नयाँ सफ्टवेयर प्रयोगका लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरिसकिएको छ। योसँगै कोषमा आबद्ध भएका विभिन्न प्रतिष्ठान, सङ्घ, सङ्गठनहरुबाट रकम सङ्कलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ। 

images
images


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend