शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

श्रृजनशील लघुवित्तको आईपीओ आउँदै, कति दिने आवेदन?

images
मंगलबार, भदौ ७ २०७९
images
श्रृजनशील लघुवित्तको आईपीओ आउँदै, कति दिने आवेदन?
images
images

काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो।

images
images
images

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ।

images
images

लघुवित्तले निष्कासन गर्नेे कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

images
images

उक्त आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।


प्रकाशित : मंगलबार, भदौ ७ २०७९०३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend