शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

क्रेटालगायतसँग प्रतिस्पर्धा गर्ने नयाँ एसयूभी ल्याउँदै टाटा

आइतबार, भदौ ५ २०७९
क्रेटालगायतसँग प्रतिस्पर्धा गर्ने नयाँ एसयूभी ल्याउँदै टाटा

टाटा मोटर्सले नेक्सन एसयूभी, पन्च, टियागो, ह्यारियर, सफारीलगायत कारका कारण भारतीय प्यासेन्जर कार बजारमा राम्रो सफलता लिइरहेको छ। यस्तैमा टाटाले नयाँ मिडसाइज एसयूभी बजारमा ल्याउने तयारी गरेको छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स विद्युतीय कारसहित प्यासेन्जर कारमा निक्कै आक्रामक देखिएको छ। कम्पनीले एसयूभी सेगमेन्टतर्फ ढल्किएको उपभोक्ताको चाहनालाई सम्बोधन गर्न नयाँ एसयूभी ल्याउने भएको छ। 

टाटा मोटर्सले नेक्सन एसयूभी, पन्च, टियागो, ह्यारियर, सफारीलगायत कारका कारण भारतीय प्यासेन्जर कार बजारमा राम्रो सफलता लिइरहेको छ। यस्तैमा टाटाले नयाँ मिडसाइज एसयूभी बजारमा ल्याउने तयारी गरेको छ। 

हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्ने आकार र क्षमताका एसयूभी ल्याउने गरि काम भइरहेको टाटाले जनाएको छ। नयाँ एसयूभी २०२३ को मध्यतिर बजारमा आउने अनुमान गरिएको छ। सो एसयूभीको नाम ब्ल्याकबर्ड हुने छ। 

टाटाले ल्याउने नयाँ एसयूभी १.५ लिटरको टर्बो पेट्रोल इन्जिन कारका लागि लामो समयदेखि काम गरिहेको थियो। यो इन्जिन नेक्सन र अल्ट्रोजमा रहेको १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा आधारित हुनेछ। 

टाटाले बनाउने नयाँ टर्बो पेट्रोल इन्जिन म्यानुअल तथा अटोमेटिक दुवै गेयरबक्समा आउने छ। नयाँ एसयूभी ४.३ मिटर लामो, प्रोजेक्ट हेडल्याम्प, स्मार्ट डुअल–कट अलोय ह्वील, एलईडी टेलल्याम्पलगायत विशेषतासुहित आकर्षक डिजाइनमा आउने कम्पनीले जनाएको छ। गाडीबारे थप विवरण भने बाहिर आएको छैन। 


प्रकाशित : आइतबार, भदौ ५ २०७९०७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend