शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

साञ्जेन जलविद्युतको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ५ २०७९
images
साञ्जेन जलविद्युतको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन?
images
images

काठमाडौं- साञ्जेन जलविद्युत् कम्पनीको आईपीओ खुला भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको हो।

images
images
images

आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीले आवेदन दिन सक्नेछन्।

images
images

कम्पनीले १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

images
images

आयोजना प्रभावित स्थानीयहरूले आईपीओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ४ गतेसम्म बिक्री खुला हुनेछ। 

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

कम्पनीमा जारी पुँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युतको, १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको र १ दशमलव २८ प्रतिशत सेयर रसुवा जिल्लाका तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको सेयर स्वामित्व रहेको छ।

स्थानीयमा सेयर बिक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी ३ अर्ब ६५ करोड रुपैयाँ कायम हुनेछ। कम्पनीको अधिकृत पुँजी ३ अर्ब ७५ करोड र जारी पुँजी ३ अर्ब ६५ करोड रहेको छ।


प्रकाशित : आइतबार, भदौ ५ २०७९०३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend