शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अन्य कम्पनीका कारसमेत चार्ज गर्न सक्नेगरि कियाले सार्वजनिक गर्‍यो 'तीब्र गति'को फास्ट चार्जर

शनिबार, भदौ ४ २०७९
अन्य कम्पनीका कारसमेत चार्ज गर्न सक्नेगरि कियाले सार्वजनिक गर्‍यो 'तीब्र गति'को फास्ट चार्जर

योसँगै कियाले भारतका विभिन्न सहरमा फस्ट चार्जर नेटवर्क विस्तार गर्ने जनाएको छ। गएको जुनको सुरुवातमै कियाले भारतमा आफ्नो विद्युतीय कार ईभी सिक्स सार्वजनिक गरेको थियो। 

काठमाडौं- दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा सर्वाधिक छिटो चार्ज हुने विद्युतीय कारको फास्ट चार्जर सार्वजनिक गरेको छ। कियाले भारतको केरलाको कोचीमा २४० केडब्लूएच डीसी फास्ट चार्जर जडान गरेको हो। 

यो फास्ट चार्जर कोचीमा रहेको कियाको डिलरमा राखिएको छ। योसँगै कियाले भारतका विभिन्न सहरमा फस्ट चार्जर नेटवर्क विस्तार गर्ने जनाएको छ। गएको जुनको सुरुवातमै कियाले भारतमा आफ्नो विद्युतीय कार ईभी सिक्स सार्वजनिक गरेको थियो। 

कियाले भारतीय बजारलाई लक्षित गरेर विभिन्न मोडलका विद्युतीय कार सार्वजनिक गर्ने योजना अघि सारेको छ। कियाले कोचीमा जडान गरेको फस्ट चार्जर कियाका विद्युतीय कार प्रयोगकर्तालाई मात्र नभएर सबै खाले विद्युतीय कार प्रयोगकर्तालाई हुने कम्पनीले जनाएको छ। 

यो फास्ट चार्जिङ स्टेसनमा जुनसुकै कम्पनीका विद्युतीय कार प्रयोागकर्ताले चार्ज गर्न सक्ने र त्यसका लागि चार्ज गरेपिच्छे रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। 

कियाले २०२५ मा भातरमै बनेको विद्युतीय कार सार्वजनिक गर्ने घोाषणा समेत गरिसकेको छ। त्यसअघि कियाले कोरिया वा अन्यदेशमा निर्मित विद्युतीय कार भारतमा ल्याएर बिक्री गर्ने छ। भारतमा विद्युतीय कारका लागि राम्रो वातावरण बन्दै गएकाले कियाले चार्जिङ नेटवर्कलगायत पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ। 

भारतीय बजारमा लागि कियाले ईभी सिक्स करिब ६० लाख भारुमा सार्वजनिक गरेको हो। भारतमा यो कारको बुकिङ उल्लेख्य संख्यमा भएको छ। बुकिङ भएका कार आगामी वर्षसम्ममा मात्र डेलिभरी दिन सकिने अवस्था रहेको कम्पनीको भनाइ छ। 

किया ईभी सिक्सले हुन्डाईको आयोनिक फाइभ ईभीलगायतसँग प्रतिस्पर्धा गर्ने छ। तर हुन्डाई आयोनिक फाइभ हालसम्म भारतीय बजारमा सार्वजनिक भएको छैन। यो वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने हुन्डाई इन्डियाले जनाएको छ। 

हुन्डाई आयोनिक फाइभ र किया ईभी सिक्स हुन्डाई ग्रुपको इलेक्ट्रिक-ग्लोबल मोडुलर प्लेटफर्म (ई-जीएमपी) प्लेटफर्ममा बनेका विद्युतीय कार हुन्। कियाले ईभी सिक्सले एकपटकको फुल चार्जमा ५ सय २८ किलोमिटर रेन्ज दिने दाबी गरेको छ। 

३५० केडब्लूएच फास्ट चार्जको मद्दतले किया ईभी सिक्स १० देखि ८० प्रतिशत चर्ज १८ मिनेटमा गर्न सकिने छ। २४० केडब्लूएच चार्जरबाट पनि उक्त प्रतिशत चार्ज ३० मिनेटमै गर्न सकिने छ। 

कियाका विद्युतीय कार नेपाली बजारमा निक्कै अघिदेखि उपलब्ध रहेका छन्। सुरुमा कियाले नेपाली बजारमा सोल ईभी सार्वजनिक गरेको थियो। त्यसको केही सयमपछि किया निरो ईभी नेपाली बजारमा आएको थियो। निरो ईभी नेपाली उपभोक्ताको रोजाईमा परेको विद्युतीय कार हो। 

नेपाली बजारमा हुन्डाई आयोनिक फाइभ सार्वजनिक भइसकेको भएपनि किया ईभी सिक्स भने सार्वजनिक हुने पर्खाइमा छ। सप्लाई चेनलगायत कारण ईभी सिक्स सार्वजनिक हुन समय लागेको किया नेपाल जनाएको छ। यद्यपी किया ईभी सिक्सको बुकिङ नै १ सय वटाभन्दा बढी रहेको दाबी कम्पनीको छ। अबको केही समयभित्रै ईभी सिक्स सार्वजनिक हुनेछ। 


प्रकाशित : शनिबार, भदौ ४ २०७९१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend