आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

हेटौँडा औद्योगिक क्षेत्रको दुई उद्योगमा सिलबन्दी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ ४ २०७९
images
हेटौँडा औद्योगिक क्षेत्रको दुई उद्योगमा सिलबन्दी

मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने  किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ।

images
images

बागमती- मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ।

images
images
images

मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने  किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो। 

images
images

अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको छ भने भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेकाले कानुनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने बताइएको छ।

images
images

भ्याली फिडको १३ हजार केजीको ९ लाख २३ हजार मूल्य बराबरको दुई सय ६० बोरा  दाना  बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ। साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिए। रासस


प्रकाशित : शनिबार, भदौ ४ २०७९०६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend