बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

मारुती सुजुकीको नयाँ अल्टो के१० सार्वजनिक 

images
बिहीबार , भदौ २ २०७९
images
मारुती सुजुकीको नयाँ अल्टो के१० सार्वजनिक 

मारुती सुजुकीले नयाँ डिजाइन र नयाँ पेट्रोल इन्जिन सहित पुनः अल्टो के१० बजारमा ल्याएको हो। 

images
images

काठमाडौं- मारुती सुजुकी इन्डियाले आफ्नो चर्चित ह्याचव्याक कार अल्टोको नयाँ के१० सार्वजनिक गरेको छ।

images
images
images

भारतमा बिहीबारबाट बिक्री सुरु भएको नयाँ अल्टो के१० म्यानुयलमा स्टायडर्ड, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस भेरियन्टमा छ भने आटोमेटिक गेयर बक्समा भीएक्सआई र भीएक्सआई प्लस भेरियन्टमा उपलब्ध रहेको छ। 

images
images

भारतीय बजारमा नयाँ अल्टो के१० को मूल्य ३ लाख ९९ हजारदेखि ५ लाख ८३ हजार भारतीय रुपैयाँसम्म रहेको छ । विभिन्न ६ कलर भेरियन्टमा आएको अल्टो के१०को लम्बाई ३५३० एमएम, चौडाई १४९० एमएम र उचाई १५२० एमएम रहेको छ । यसमा २३८० एमएमको ह्वीलवेस रहेको छ। 

images
images

मारुती सुजुकीले अल्टो के१० मा १.० लिटर के१०सी, थ्रि सिलिण्डर, डुअल जेट भीभीटी इन्जिन उपलब्ध छ। प्रतिलिटर २४.९० किलोमिटर माइलेज दावी गरिएको के१०मा रहेको इन्जिनले अधिकतम ६६.६२ पीएस पावर र ८९ एनएम टर्क प्रदान गर्छ। यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गेयर बक्स दिइएको छ। 

कम्पनीले यसको डिजाइनमा पनि उल्लेख्य परिवर्तन गरेको छ। नयाँ सिंगल पीस फ्रन्ट ग्रिल, सी आकारको बम्पर, तल्लो भागमा दिइएको एयर इन्टेक, स्वीप्टब्याक हेडल्याम्प, निकै स्मार्ट क्याविन, १३ इन्चको स्टिल ह्वील, स्क्वायर आकारको टेल ल्याम्प जस्ता विशेषता यो कारमा समावेश गरिएको छ। 

मारुती सुजुकीले उत्पादन गरेको अल्टो सिरिजको कार भारतीय बजारमा सर्वाधिक बिक्री हुने कारमध्येमा पर्छ। भारतमा २२ वर्षअघिदेखि बिक्री सुरु भएको यो कार १६ वर्षसम्म भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो। 

हालसम्म भारतमा अल्टोका ४३ लाख भन्दा बढी उपाभोक्ता रहेका छन्। अल्टो के१० भने २०१२ मा सार्वजनिक भएको हो। २०२० मा अप्रिलबाट भारतमा बीएस ६ प्रदूषण मापदण्ड कार्यान्वयनमा आएसँगै यसको उत्पादन बन्द भएको थियो। 

मारुती सुजुकीले नयाँ डिजाइन र नयाँ पेट्रोल इन्जिन सहित पुनः अल्टो के१० बजारमा ल्याएको हो। 

मारुती सुजुकीको अल्टो नेपाली बजारमा समेत उल्लेख्य बिक्री हुने कारमा पर्छ। हाल पेट्रोलिय कारको आयातमा प्रतिबन्ध लागेकाले तत्काल यो कार नेपाल आउने छैन। सरकारले आयात प्रतिबन्ध खुला गरेपनि भने नयाँ अल्टो के१० नेपाल आउने आधिकारिक बिक्रेताले जनाएको छ।  


प्रकाशित : बिहीबार , भदौ २ २०७९०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend