शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नाडा ईभी एक्सपो २०२२ को स्टल बुकिङ खुल्यो

बुधबार, भदौ १ २०७९
नाडा ईभी एक्सपो २०२२ को स्टल बुकिङ खुल्यो

उक्त ईभी एक्सपोका लागि बुधबारबाट भदौ ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुला गरिएको नाडा ईभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए। 

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आगामी असोज ६ गते देखि ९ गतेसम्म गर्ने लागेको ‘नाडा ईभी एक्सपो २०२२’ को स्टल बुकिङ खुलाएको छ। 

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडाले पहिलो पटक नाडा ईभी एक्सपो २०२२ को आयोजन गर्न लागेको हो। यही भदौ ६ देखि नाडाले अटो एक्सपो २०२२ गर्ने तयारी गरेको थियो। तर सरकारले कार आयातमा लगाएको प्रतिबन्धलाई भदौ १३ सम्म निरन्तर्ता दिएपछि उक्त कार्यक्रम स्थगित भएको थियो।  

उक्त ईभी एक्सपोका लागि बुधबारबाट भदौ ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुला गरिएको नाडा ईभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए। 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गरेका छन्। नेपाली बजारमा उपलब्ध सबै ब्रान्ड विद्युतीय कार तथा स्कुटरको सहभागिता हुने अपेक्षा नाडाले गरेको छ। 


प्रकाशित : बुधबार, भदौ १ २०७९१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend