आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा कडाइ, प्रयोग गरेमा कारबाही हुने

images
बुधबार, भदौ १ २०७९
images
४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा कडाइ, प्रयोग गरेमा कारबाही हुने

भदौ १ गतेबाट प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि वितरण तथा प्रयोगमा कडाइ गरिने विभागले सूचनामार्फत जनाएको छ।

images
images

काठमाडौं- सरकारले आज बुधबारबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि वितरण तथा प्रयोगमा निषेध गरेको छ। बुधबारबाट निर्णयको कार्यान्वयन भए नभएकोबारे अनुगमनसमेत हुनेछ।

images
images
images

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोग वा बिक्री गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावलीअनुसार कारबाही हुने विभागले जनाएको छ। 

images
images

सरकारले २०७८ असोज १९ मा राजपत्रमा सूचना प्रकाशित गर्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो। 

images
images

मन्त्रिपरिषदले २०७८ माघ १७ मा 'प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८' समेत स्वीकृत गरिसकेको छ।

यसैले भदौ १ गतेबाट प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि वितरण तथा प्रयोगमा कडाइ गरिने विभागले सूचनामार्फत जनाएको छ।


प्रकाशित : बुधबार, भदौ १ २०७९०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend