शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

३ दिनमा रसुवागढी नाकाबाट भित्रिए १ सय विद्युतीय कार

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १६ २०७८
३ दिनमा रसुवागढी नाकाबाट भित्रिए १ सय विद्युतीय कार

उक्त कारबाट १० करोड ९८ लाख रुपैयाँभन्दा बढी भन्सार असुली भएको छ। रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए। 

काठमाडौं- चिनियाँ कम्पनीले उत्पादन गरेका कार व्यवसायीले उत्तरी नाका रसुवागढीबाट समेत आयात गर्न थालेका छन्। रसुवागढी नाकाबाट ३ दिनयता १ सय विद्युतीय बस नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। 

उक्त कारबाट १० करोड ९८ लाख रुपैयाँभन्दा बढी भन्सार असुली भएको छ। रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए। 

गत आर्थिक वर्षदेखि हालसम्म करिब ८ सय साना ठूला सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको रेग्मी बताए। रासस

प्रकाशित : शनिबार, असोज १६ २०७८०८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend