शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

शोधानान्तर घाटा २ खर्ब ५५ अर्ब

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १ २०७९
images
शोधानान्तर घाटा २ खर्ब ५५ अर्ब
images
images

काठमाडौं- देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ। अघिल्लो आव असार मसान्तमा १ अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो।

images
images
images

कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्च आयात भएका कारण गत आव शोधानान्तर २ खर्ब ५५ अर्बले घाटामा गएको हो। यस्तै, गत जेठको तुलनामा गत असारमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ।

images
images

केन्द्रीय बैंकको विवरणअनुसार आव २०७८/७९ मा ९ अर्ब ५४ करोडले अमेरिकी डलरको सञ्चिति रहेको छ। यो सञ्चितीले छ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ। सो आवमा कूल १९ खर्ब २० अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ। 

images
images

केन्द्रीय बैंकको विवरणअनुसार समीक्षा वर्षमा कूल वस्तु आयात २४ दशमलव सात प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव सात प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३ दशमलव पाँच प्रतिशत, १३ दशमलव दुई र ३६ तीन प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पंज आइरन, सुनलगायतका वस्तुको आयात बढेको छ भने एमएसविलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको छ। निर्याततर्फ कन्चनपुर भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट वृद्धि भएको छ। आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट वृद्धि भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा कूल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले वृद्धि भई दुई खर्ब तीन करोड पुगेको छ। अघिल्लो आवमा यस्तो निर्यात ४४ दशमलब चार प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव नौ प्रतिशत र ३० दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २० दशमलव चार प्रतिशतले घटेको छ। 

वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैँची, चिया, औषधि (आयुर्वेदिक), तारलगायतका वस्तुको निर्यात घटेको छ। रासस


प्रकाशित : बुधबार, भदौ १ २०७९०३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend