आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

एक वर्षमै घ्युतेलको मूल्य २६ प्रतिशतले बढ्यो

images
मंगलबार, साउन ३१ २०७९
images
एक वर्षमै घ्युतेलको मूल्य २६ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य वृद्धि घ्यु तथा तेलमा भएको छ। नेपाल राष्ट्र बैंकमा अनुसार गत आवमा घ्यु तथा तेलको मूल्य सरदरमा २६.१३ प्रतिशतले बढेको हो।

images
images

काठमाडौं- गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य वृद्धि घ्यु तथा तेलमा भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा घ्यु तथा तेलको मूल्य सरदरमा २६.१३ प्रतिशतले बढेको हो।

images
images
images

यसैगरी गत आवमा नै दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थको मूल्य वृद्धि क्रमशः ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत बढेको राष्ट्रले जनाएको छ।

images
images

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ।

images
images

आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ प्रतिशत र हिमालमा ६.०७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ३.३३ प्रतिशत, ३.६८ प्रतिशत, ३.८७ प्रतिशत र २.८७ प्रतिशत रहेको थियो।


प्रकाशित : मंगलबार, साउन ३१ २०७९१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend