आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

क्रिप्टोमा लगानी नगर्न राष्ट्र बैंकको चेतावनी 

images
सोमबार, साउन ३० २०७९
images
क्रिप्टोमा लगानी नगर्न राष्ट्र बैंकको चेतावनी 

नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा  भर्चुअल करेन्सीले कानुनी मान्यता पाएको छैन। यसलाई लिगल टेन्डरको रुपमा मान्यता दिइएको छैन। यसमा कुनै पनि सुरक्षण नभएकाले लगानी अझ जोखिममा पर्ने भन्दै सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ। 

images
images

काठमाडौं- नेपालभित्र वा नेपालबाहिर क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमा लगानी नगर्न राष्ट्र बैंकले चेतावनी दिएको छ। 
  
नेपालमा कुनै पनि क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी भएकाले यस्तो कारोबार नेपाली र नेपालभित्रको कुनै कम्पनीले कारोबार गरे विभिन्न अभियोगमा कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको हो। 

images
images
images

नेपालको विदेशी विनिमय व्यवस्थापन गर्ने ऐनले क्रिप्टो कारोबारलाई गैरकानूनी भनेको यसको कारोबार, माइनिङ नगर्न नगराउन आग्रह गरेको छ। केन्द्रीय बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा नेपालमा कारोबार तथा माइनिङमा संलग्न हुने तथा प्रोत्साहन गर्ने गरेको पाइएको बताएको छ। 

images
images

'त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र अझै ठगिन सक्ने देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरेको पाइएमा कानूनबमोजिम सजया हुने छ' बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

images
images

राष्ट्र बैंकले यसअघि नै विभिन्न मितिमा यस्तो कारोबार गैरकानूनी रहेको र यसमा अत्याधिक जोखिम भएकाले कारोबार नगर्न सचेत गराउँदै आएको छ। 

नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा  भर्चुअल करेन्सीले कानुनी मान्यता पाएको छैन। यसलाई लिगल टेन्डरको रुपमा मान्यता दिइएको छैन। यसमा कुनै पनि सुरक्षण नभएकाले लगानी अझ जोखिममा पर्ने भन्दै सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ। 

भर्चुअल करेन्सी तथा   पिरामिडमा आधारित नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबारमा धेरै जोखिम रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।  यस्तो कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू हुनसक्ने राष्ट्र बैंकले सचेत गराएको छ। 

यस्तो कारोबारमा सहभागीलाई विदेशी विनिमय ऐन मात्र नभइ अन्य ऐन अनुसारको सजाय समेत हुनसक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपालीले पनि यस्तो कारोबार वा माइनिङमा सहभागी भएमा सजायको भागिदार हुने राष्ट्र बैंकले उल्लेख गरेको छ। 

FaMivbaagAEzfHI.jfif

 


प्रकाशित : सोमबार, साउन ३० २०७९११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend