आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

किसानले ६ ट्रक रासायनिक मल नियन्त्रणमा लिए, मलको कोटा वृद्धि गर्न माग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३० २०७९
किसानले ६ ट्रक रासायनिक मल नियन्त्रणमा लिए, मलको कोटा वृद्धि गर्न माग

सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै किसानहरूले मल नियन्त्रणमा लिएका हुन्।

वीरगञ्ज- किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको ६ ट्रक मल नियन्त्रणमा लिएका छन्।

कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुगेका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी दिए। 

किसानले नियन्त्रणमा लिएका सो मल बालमन्दिर प्राङ्गणमा राखिएको छ।  सो विषयमा महानगरप्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईंसहितको टोलीसँग छलफल भएको छ।  

पर्सामा सो कम्पनीको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ।

वीरगञ्ज महानगरले यहाँका कृषकका लागि आठ हजार मेट्रिक टन मल आवश्यक रहेको भए पनि हालसम्म लिमिटेडले आठ सय मेट्रिक टन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको जनाएको छ। रासस


प्रकाशित : सोमबार, साउन ३० २०७९०३:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend