शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी, नेक्सान ईभीको पनि ठूलो योगदान

आइतबार, साउन २९ २०७९
टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी, नेक्सान ईभीको पनि ठूलो योगदान

सेडान र ह्याचब्याक श्रेणीका गाडीहरुभन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेका छन्।

काठमाडौं- निरन्तर नयाँ/नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ।

पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको छ। आईसी र ईभी मोडलमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ।

सेडान र ह्याचब्याक श्रेणीका गाडीहरुभन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेका छन्। फलस्वरूप यहाँ उच्चकोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको छ।

नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरुबीचको तीब्र प्रतिस्पर्धामा नेक्सन अन्यभन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडी तीन महत्वपूर्ण तत्वहरु छन्। यी हुन् मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा। यही कारण नेक्सनले धेरै भन्दा धेरै ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरुलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको छ। यससँगै यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा आफ्नो एक विशिष्ठ पहिचान बनाइरहेको छ।

१२ सय सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्धितीय छ। २०९ मिलिमिटर लामो ‘ग्राउंड क्लेरेन्स’ सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चार पांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ।

त्यसैगरी, आजभन्दा एक वर्ष अघि सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा बिक्री सुरु गरिएको नेक्सन ईभी (विद्युतीय गाडी)ले विशेषत पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरुको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफल भएको छ। यसको एक मुख्य कारण सिप्रदीले नेपालमा समग्र विद्युतीय गाडीको पर्यावरण प्रणालीमा(ईभी इको सिस्टम) पुर्याइरहेको सकारात्मक योगदान हो।

१८ भन्दा बढी फास्ट चार्जिङ र १२० भन्दा बढी स्लो चर्जिङ सञ्जालहरु सहित यस ईभीले नेपालको सन्दर्भमा पहिलो र एकमात्र ईजी चर्जिङ एपको सुविधा प्रदान गरिरहेको छ। नवीनतम सोच र समुच्च प्रणालीको समिश्रण नेक्सन ईभीले सरल, सहज र सुन्दर यात्राको प्रत्याभूति गर्दछ।

नेक्सन नेपालको अग्रणी एसयूभीको रुपमा स्थापित हुनुले यसका हरेक प्रकृतिका गाडीहरुले नेपाली ग्राहकहरुको माया र विश्वास जितेको प्रष्ट्याउँदछ।


प्रकाशित : आइतबार, साउन २९ २०७९०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend