आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

मेलम्ची-पाँचपोखरी सडक भासिँदा यात्रा जोखिमपूर्ण 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २९ २०७९
images
मेलम्ची-पाँचपोखरी सडक भासिँदा यात्रा जोखिमपूर्ण 

सडक जीर्ण हुँदासमेत जोखिम मोलेर जसोतसो यातायातका साधन गुडिरहेका छन्।

images
images

सिन्धुपाल्चोक- मेलम्ची-पाँचपोखरी सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। मेलम्ची नगरपालिका-९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएको करिब दुई साता भइसकेको छ। यसभेगको एक मात्र विकल्पका रुपमा रहेको सडक तलबाट भासिएर पहिरो जाँदा यात्रा गर्न कठिन छ।

images
images
images

सडक जीर्ण हुँदासमेत जोखिम मोलेर जसोतसो यातायातका साधन गुडिरहेका छन्। यसले गर्दा कतिबेला अप्रिय घटना घट्छ भन्न सकिने अवस्था नरहेको पाँचपोखरी थाङ्पाल गाउँपाकिाका स्थानीय सुन्दर सापकोटाले बताए। केही दिन अगाडि मात्रै मेलम्चीका नगर प्रमुख आइतमान तामाङ, इञ्जिनीयर लगायतको टोलीले अवलोकन गरी तत्काल सडक मर्मत गर्ने बताए पनि अझै सडक मर्मतको काम सुरु हुन सकेको छैन।

images
images

पाँच पोखरी थाङ्पालका प्रवक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटोभन्दा छिटो सडक मर्मत गरी व्यवस्थित बनाउन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष टाँसी लामाले पटक-पटक नगरपालिकालाई आग्रह गरेको तर काम नभएको गुनासो गरे।

images
images

मेलम्चीका नगर प्रमुख तामाङले बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने बताए। उनले माथि काट्ने ठाउँ नभएका कारण तलबाट वाल लगाउनुपर्ने भएकाले केही ढिला भएको बताए। रासस


प्रकाशित : आइतबार, साउन २९ २०७९०७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend