शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०७८
रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले राजीनामा दिएका छन्। १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन्। 

काठमाडौं- नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले राजीनामा दिएका छन्। १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन्। 

शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो। पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर सामाजिक सञ्जालामा टिप्पणी गरेको भन्दै उनीमाथी सरकारले स्पष्टीकरण सोधेको थियो। 

guru bhatteri १.jpg

guru bhatteri २.jpg

सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

‘रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ को खण्ड घ मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार, प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु,’ भट्टराईले राजीनामा पत्रमा लेखेका छन्।


प्रकाशित : बुधबार, साउन २७ २०७८११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend