शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नाडाले असोज ६ देखि विद्युतीय सवारी केन्द्रित ईभी एक्सपो २०२२ आयोजना गर्ने 

बिहीबार , साउन २६ २०७९
नाडाले असोज ६ देखि विद्युतीय सवारी केन्द्रित ईभी एक्सपो २०२२ आयोजना गर्ने 

सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले ईभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो। 

काठमाडौं- नाडा आटोमोबाइल्स एशोसिएसन अफ नेपालले विद्युतीय सवारीमात्रको अटो शो गर्ने भएको छ। सरकारले पेट्रोलियम कारको आयात खुला नगरेपछि नियमित अटो एक्सपो स्थगित गरेको थियो। 

बिहीबार नाडाको केन्द्रीय कार्य समिति बैठकले पहिलो पटक नाडा ईभी एक्सपो २०२२ गने निर्णय गरेको हो। उक्त ईभी एक्सपो २०७९ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा हुन भएको छ। 

सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले ईभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो। 

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ। २०७९ भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए। 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन्। नाडा ईभी एक्सपोमा ानेपाल उपलब्ध सबै विद्युतीय सवारी उपलब्ध हुने छन्। 


प्रकाशित : बिहीबार , साउन २६ २०७९१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend