सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

किन निरन्तर घटिरहेको छ सेयर बजार? बजारप्रति अविश्वास कि ठूलाको चलखेल?

images
बिहीबार , साउन २६ २०७९
images
किन निरन्तर घटिरहेको छ सेयर बजार? बजारप्रति अविश्वास कि ठूलाको चलखेल?
images
images

काठमाडौं- निरन्तर घट्दो क्रममा देखिएको सेयर बजारमा थामिने बिन्दु भेट्न मुस्किल हुन थालेको छ। उच्च बिन्दुदेखि उतारचढावको यात्रामा बेलाबेला आश देखाइरहेको बजारमा स्थायी आधार भेट्न मुस्किल देखिएको छ। 

images
images
images

नियामकीय साथ पाउँदै गएको भनिएको बजारमा निरन्तर गिरावट देखिएको छ। गएको साता २७.२५ अंकले घटेको बजारमा यो साता ७८.४ अंकको गिरावट देखिएको छ। यो साता आइतबार १०.२७ अंकले बढे पनि सोमबार १७.६७ अंक, मंगलबार ४५.४२ अंक र बुधबार ५.९१ अंकले घट्यो।

images
images

घट्दो क्रमकै निरन्तरता देखिँदै बिहीबार पनि बजार १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ। जसमा १ अर्ब ७६ करोड रुपैयाँकव मात्र कारोबार भएको छ। ३२ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ। 

images
images

नियामकहरूले सेयर कारोबारमा लचिलो नीति लिने संकेत गरिरहँदा पनि परिसूचकमा उत्साह देखिन सकेको छैन। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार नभेट्दा पुन: घटिरहेको छ। ४/१२ को नीति फेरिए पनि ऋण लिन अझै सहज अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। मौद्रिक नीतिमार्फत केही खुकुलो भए पनि सहज अवस्था नरहेको र अहिलेको अवस्था पनि ऋण लिएरै लगानी गर्नेजस्तो नभएको उनीहरूको भनाइ छ।  

उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। त्यसपछि केही समय सम्हालिएको बजार अहिले पुन: धरमराएको छ। गएको भदौको उच्च अंकदेखि घट्दो बजारमा प्रवेश गरेर उताचढाव भइरहँदा ठूला लगानीकर्ताहरूले निरन्तर चलखेल गरिरहेका छन्। घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न सकेको छैन।

नियामकीय साथका लागि आवाज उठाइरहेका संगठित लगानीकर्ताहरू मौद्रिक नीतिपछि सामसुम देखिन्छन्। बढ्दो ट्रेन्डमा बजार प्रवेश गरेका नवप्रवेशीहरू मारमा परिरहँदा ठूला लगानीकर्ताले केही दिनको उछाल र उतारचढावमा खेलिरहँदा बजारमा समस्या भइरहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , साउन २६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend