आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

गएको वर्ष १ खर्ब २२ अर्ब लगानी स्वीकृत गर्‍यो लगानी बोर्डले 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २५ २०७९
images
गएको वर्ष १ खर्ब २२ अर्ब लगानी स्वीकृत गर्‍यो लगानी बोर्डले 

गएको वर्ष लगानी स्वीकृत बाहेक पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरिएको, बोर्डको परियोजना बैंकको मार्गदर्शन तयार पारिएको, अनुगमन ड्यास बोर्ड बनाइएको उल्लेख गरिएको छ। 

images
images

काठमाडौं- लगानी बोर्डले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २२ अर्बको लगानी स्वीकृत गरेको छ। 

images
images
images

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएका छन्। 

images
images

प्रतिवेदनमा भट्टले गएको वर्षको सुरुमा आफूले गरेको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्था पनि खुलाएका छन्। 

images
images

गएको वर्ष लगानी स्वीकृत बाहेक पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरिएको, बोर्डको परियोजना बैंकको मार्गदर्शन तयार पारिएको, अनुगमन ड्यास बोर्ड बनाइएको उल्लेख गरिएको छ। 

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले बोर्डले प्रभावकारी काम गरेको र लगानी ल्याउने तथा आर्थिक विकासका लागि सहयोग गर्न सरकार सदैव तयार रहेको बताएका थिए। उनले ठूला लगानीका परियोजना भित्र्याउनका लागि अझै मेहनत गर्न निर्देशनसमेत दिएका थिए। 

प्रतिवेदन बुझाउँदै भट्टले बोर्डले अहिले संस्थागत प्रणालीको विकासको काम गरेको र अब परिणाम देखिने काम हुने बताएका थिए। 


प्रकाशित : बुधबार, साउन २५ २०७९१३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend