शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्कोडाको विद्युतीय कार भारतमा धमाधम परीक्षण हुँदै, भारतमा सार्वजनिक भएलगत्तै नेपाल आउने

एक पटकको फुलचार्जमा ५१० किमि रेन्ज

बुधबार, साउन २५ २०७९
स्कोडाको विद्युतीय कार भारतमा धमाधम परीक्षण हुँदै, भारतमा सार्वजनिक भएलगत्तै नेपाल आउने

जर्मन ब्रान्ड फक्सवागनले विकास गरेको एमईबी प्लेटफर्ममा स्कोडा इनयक आईभी विद्युतीय कार बन्ने छ।

काठमाडौं- चेक कार उत्पादक ब्रान्ड स्कोडाले भारतीय बजारमा विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरेको छ। त्यहीअनुसार कम्पनीले भारतमा सार्वजनिक गर्ने विद्युतीय कारको धमाधन परीक्षण गरिरहेको छ। 

स्कोडाले भारतमा परीक्षण गरिरहेको विद्युतीय कार हो स्कोडा इनयक आईभी विद्युतीय क्रसओभर। स्कोडा अटोले भारतमा सार्वजनिक हुन लागेको यो पहिलो विद्युतीय कार हो। सार्वजनिक गर्नुपूर्व स्कोडाले सो कार भारतीय सडकमा परीक्षण गरिरहेको छ। स्कोडाले इनयक आईभी विद्युतीय कार २०२३ को सुरुवातमै भारतीय बजारमा सार्वजनिक गर्ने बताएको छ। 

स्कोडा इनयक निक्कै आकर्षक क्रसओभर विद्युतीय कार हो। यो कार टप स्पेकमा बन्ने छ। जर्मन ब्रान्ड फक्सवागनले विकास गरेको एमईबी प्लेटफर्ममा स्कोडा इनयक आईभी विद्युतीय कार बन्ने छ। स्कोडाको स्वामित्व समेत फक्सजवागन ग्रुपसँगै छ। फक्सवागनको एमईबी प्लेटफर्ममै अउडीको इट्रोन तथा फक्सवागन आईडीफोर बनेको हो। 

स्कोडा इनयक आईभी विद्यूतीय कार विभिन्न ब्याट्री अप्सनमा आउने छ। यो कार ५५ केडब्लूएचमा ब्याट्री प्याकमा उपलब्ध हुनेले ३४० किलोमिटर, ६२ केडब्लूएच ब्याट्रीसहितकोले ३९० किलोमिटर र ८२ केडब्लूएच ब्याट्री प्याकले ५१० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

विश्वबजारमा स्कोडाको इनयक आईभी विद्युतीय कार सार्वजनिक भइसकेको छ। इनयक आईभी ३ वटा मोडल टूह्वील ड्राइभ र २ वटा मोडल फोरह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ। 

भारतीय बजारमा सार्वजनिक भएपछि स्कोडाको विद्युतीय कार नेपाली बाजरमा समेत आउने छ। स्कोडाको कुशाक कार नेपाली बाजरमा राम्रो बिक्री हुने एसयूभीमा पर्न सफल भएको छ। सरकारले विद्युतीय कार आयातमा कर सहुलियत दिएको छ।

त्यस्तै गएको बैशाखदेखि सरकारले इन्धन कारको आयातमा प्रतिबन्ध लगाएपनि विद्युतीय कार भने आयात गर्न पाइने व्यवस्था गरेको छ। त्यस्तै इन्धनबाट चल्ने कारमा ५० प्रतिशतमात्र फाइनान्स गर्न पाइने व्यवस्था छ। तर विद्युतीय कारमा भने ८० प्रतिशतसम्म फाइनान्स गर्न सकिने व्यवस्था गरिएको छ। 

त्यसैले सवारी उत्पादकहरु विद्युतीय कार आयातमा केन्द्रित हुँदैछन्। उपभोक्ता पनि विद्युतीय कार किन्न अग्रसर हुने क्रम बढेको छ। 


प्रकाशित : बुधबार, साउन २५ २०७९०३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend