शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ घटेर समायोजन, अब बढ्ला कि घट्ला?

images
मंगलबार, साउन २४ २०७९
images
नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ घटेर समायोजन, अब बढ्ला कि घट्ला?
images
images

काठमाडौं- लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर खरिद र बिक्री गर्नेहरु झुम्मिँदा सबैभन्दा धेरै कारोबार भएको छ।

images
images
images

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन समेत भएको छ। मंगलबार १५ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। खरिदको भन्दा बिक्रीको चाप हुँदा बढीरहेको सेयर मूल्य मंगलबार प्रतिकित्ता २६ रुपैयाँ घटेर २८७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

images
images

समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२१४.६२ रुपैयाँ पुगेको छ। बुधबार सोही मूल्यमा दोस्रो बजारमा कारोबार खुल्ने छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ घटेर समायोजन भएको हो। 

images
images

कम्पनीको पछिल्लो एकवर्षमा प्रतिकित्ता ४२८४ रुपैयाँसम्म कारोबार भएको थियो। कम्पनीले आर्थिक वर्ष २०७७.०७८ का लागि चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। उक्त बोनस सेयर नागरिक लगानी कोषले आउदो भदौ ६ गते हुने सातौँ वार्षिक साधारणसभाबाट पारित हुँदैछ। 

 


प्रकाशित : मंगलबार, साउन २४ २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend