शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन?

images
मंगलबार, साउन २४ २०७९
images
धौलागिरि लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन?
images
images

काठमाडौं- धौलागिरि लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । 

images
images
images

कम्पनीले निष्कासन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

images
images

आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समय थप हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

images
images


प्रकाशित : मंगलबार, साउन २४ २०७९०३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend