शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जीडब्लूएमको कम्प्याक्ट पिकअप विङगल ५ सार्वजनिक 

सोमबार, साउन २३ २०७९
जीडब्लूएमको कम्प्याक्ट पिकअप विङगल ५ सार्वजनिक 

यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डीआरएल छ। यसको बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ।

काठमाडौं- जीडब्लूएम नेपालले नयाँ पिकअप ट्रक विङगल ५ सार्वजनिक गरेको छ। यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जीडब्लूएमले डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरको थियो। यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो र जीडब्लूएमका सर्तहरूमा अन्य ब्रान्डभन्दा धेरै अगाडि छ। 

पिकअप बिक्री र बलको आधारमा यसको लाइन अपमा चीनमा बिक्री हुनेमा धेरै वर्षदेखि शीर्ष स्थानमा रहेको छ।

अब नेपालमा उपलब्ध यो पिकअप विङगल ५ मा १ सय ४१ एचपी पावर र ३ सय ५ एनएम टर्क जेनेरेट गर्छ। त्यसका लागि यो पिकअपमा नयाँ २.० एलको टर्बो-डिजेल इन्जिन रहेको छ। विङगल ५ मा स्तरीय अलोय ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर-ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो-एयर कन्डिसनलगात विशेषता छन्।  

यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डीआरएल छ। यसको बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ। पिकअपको भागमा हलोजन बत्तीहरूको साथ सीधा डिजाइन छ र कार्गो बडीमा स्क्र्याच वा कुनै पनि प्रकारको क्षतिबाट बच्न कम्पनी फिट बेडलाइनरहरू छन्। यसको अलोय लुकले बाहिरी बनावटलाई प्रिमियम देखिन मद्दत पुर्‍याएको छ।

स्काई सिल्भर, पर्ल ब्ल्याक, र टाइटेनियम ह्वाइट जी गरि ३ रंगमा ग्रेटवाल विङगल ५ उपलब्ध रहेको छ। यो कम्प्याक्ट पिकअप ट्रक विङगल ५ को मूल्य नेपाली बजारका लागि ५२ हजार ४९ हजार रुपैयाँ तोकिएको छ।

भीजी ईम्पेक्स प्रालि मिटेड (जीडब्लूएम नेपाल) नेपालको लागि जीडब्लूएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो। जीडब्लूएम नेपालले हाल नेपालमा हाभल एच ६, हाभल जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरू बिक्री गरिरहेको छ। 


प्रकाशित : सोमबार, साउन २३ २०७९०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend