मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याइने

images
आइतबार, साउन २२ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याइने
images
images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जवनरी १ बाट सञ्चालनमा ल्याइने भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकण सञ्चालक समितिको बैठकले निर्माण सम्पन्न भएको पोखरा विमानस्थल सन् २०२३ को जनवरी १ बाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण बोर्ड बैठकले विमानस्थल सञ्चालनको मिति तोकेको हो।

images
images

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ। यसबाहेक पनि प्राधिकरणले जग्गा अधिग्रहण लगायतमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग, ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने सबै संरचना निर्माणको काम सम्पन्न  भएको छ।

विमानस्थलमा अक्टोबर भित्रै क्यालिब्रेसन उडान गर्ने तयारी भएको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवतरण गर्न सकिने छ।

 


प्रकाशित : आइतबार, साउन २२ २०७९१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend