सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

खेतबारीमै फल्ने हरियो सागपातमा परनिर्भर, गएको वर्ष ३ खर्ब ४१ अर्बको कृषि वस्तु आयात 

आइतबार, साउन २२ २०७९
खेतबारीमै फल्ने हरियो सागपातमा परनिर्भर, गएको वर्ष ३ खर्ब ४१ अर्बको कृषि वस्तु आयात 

कृषि उत्पादन बढाउने तथा आयात प्रतिस्थापनका लागि भन्दै सरकारले वर्षेनी अर्बौँ अनुदान दिँदै आएको छ। यसका बाबजुद आयात उल्टो बढिरहेको छ। 

काठमाडौं- गएको आर्थिक वर्ष ३ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको कृषि वस्तु आयात भएको छ। 

बढ्दो आयातले गर्दा व्यापार घाटा चुलिँदै गएका बेला खेतबारीमै उत्पादन हुनसक्ने कृषि वस्तुको आयात प्रत्येक वर्ष उचालिँदै आएको छ। 

भन्सार विभागको तथ्यांकअनुसार ३ खर्ब ४१ अर्ब ५१ करोड रुपैयाँको खाद्य वस्तुको आयात भएको छ। कुल आयातमा कृषि वस्तुको हिस्सा १७.७८ प्रतिशत रहेको छ। गएको वर्ष कुल १९ खर्बको आयात भएको थियो। 

व्यापार घाटा १७ खर्ब २० अर्ब पुगेको छ। यही कारणले गर्दा मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक हुँदै आएको छ। समर्ग अर्थतन्त्रको चक्रलाई नै प्रभावित पर्नेगरी बढेको व्यापार घाटा घटाउनका लागि सरकारले वर्षौँदेखि नीति, रणनीति बनाएपनि सफल भएका छैनन्। अझ उल्टो खेतबारीमै उत्पादन हुनसक्ने कृषि वस्तुमाथि परनिर्भरता बढ्दै गएको छ। 

गएको वर्षमात्र कुल आयातमा १७ प्रतिशत कृषि वस्तुकै हिस्सा छ। यसमा पनि नेपालभित्रै आयात हुनसक्ने वस्तुको हिस्सा उल्लेख्य छ। 

कृषि उत्पादन बढाउने तथा आयात प्रतिस्थापनका लागि भन्दै सरकारले वर्षेनी अर्बौँ अनुदान दिँदै आएको छ। यसका बाबजुद आयात उल्टो बढिरहेको छ। 

आत्मनिर्भर उन्मुख भनिएका वस्तुको उत्पादनमा व्यापक वृद्धि भएको छ। भन्सार विभागको तथ्यांक अनुसार गएको वर्ष डेरीजन्य वस्तु २ अर्ब १४ करोडको आयात भएको छ। भारतदेखि युरोपसम्मका देशबाट डेरी उत्पादन  आयात भएका छन्। 

कृषि तथा वनजन्य उत्पादनको आयात पनि उच्च देखिन्छ। सजावटका लागि चाहिने प्लान्टकै आयात गएको वर्ष ३२ करोड रुपैयाँको छ। 

गएको वर्ष ७४ अर्ब २८ करोडको अन्न आयात भएको छ। धान चामल, गहुँ, मकै जस्ता उत्पादनको आयात उच्च देखिएको छ। 

यो समूहमा सबैभन्दा धेरै आयात भएको वस्तुको सूचीमा छ तेलन । भटमास तथा सूर्यमुखी तेलमा भएको उच्च आयातले यसका लागि धेरै विदेशी मुद्रा बाहिरिएको छ। गएको वर्ष नेपालमा १ खर्ब २० अर्बको यस्तो वस्तु आयात भएको छ। 

कृषिवस्तु आयातभन्दा बढि निर्यात हुने चिया कफि मात्र हो। गएको वर्ष ९ अर्ब ४ करोडको चिया कफी आयात भएको छ भने ९ अर्ब ३८ करोडको निर्यात भएको छ। 

समग्रमा गएको वर्ष कृषिजन्य वस्तुको निर्यात १ खर्ब १७ अर्बको छ। स्वदेशमै उत्पादन भएको वस्तुभन्दा पनि विदेशबाट आएको वस्तुको निर्यात भएको छ। 

स्वदेशमा उत्पादन भएको वस्तुभन्दा पनि विदेशबाट आएको अप्रशोधित तेलको निर्यातले यो समूहको हिस्सा धेरै देखाएको छ। 


प्रकाशित : आइतबार, साउन २२ २०७९०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend