आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

जनता आवास कार्यक्रमअन्तर्गत दुई सय ८६ घर निर्माण

images
शनिबार, साउन २१ २०७९
images
जनता आवास कार्यक्रमअन्तर्गत दुई सय ८६ घर निर्माण

आर्थिक वर्ष २०७५/७६ मा संघ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भइ आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण थालेको उनले बताए।

images
images

तनहुँ- जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ। आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो।

images
images
images

जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिए।  

images
images

आर्थिक वर्ष २०७५/७६ मा संघ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भइ आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण थालेको उनले बताए। निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन्। उक्त कार्यक्रमका लागि एक करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

images
images

दुई भवन निर्माण सम्पन्न 

पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवनको निर्माण सम्पन्न गरेको छ। जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय तनहुँको भवन दुई करोड ३० लाख ५१ हजार रुपैयाँको लागतमा सम्पन्न गरेको हो। विसं २०७७ असोज १ गते सम्झौता गरिएको उक्त भवनको विसं २०७८ फागुन ३० गते निर्माण सम्पन्न गरेको हो।

त्यसैगरी भिमाद सामुदायिक भवनको एक करोड ३३ लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको छ। स्टकचर थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्वि हुन गएको इञ्जीनियर मिश्रले बताए।  

दुई झोलुंगे पुल निर्माण सम्पन्न 

जिल्लामा निर्माणाधीन तीनवटा झोलुंगे पुलमध्ये दुई पुलको निर्माण सम्पन्न भएको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ मा ७७ लाख ७१ हजारको लागतमा उक्त पुल निर्माण गरिएको हो। जिल्लाको भानु नगरपालिका-३ खहरेबाट नारायणचौर गोरखा जोड्ने पुल एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको छ। उक्त पुल निर्माणपश्चात सयौँ मानिस लाभान्वित भएको बताइएको छ। 

त्यसैगरी व्यास नगरपालिका-५ र १० जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुंगे पुल निर्माण अन्तिम चरणमा पुगेको छ।

पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युतको हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुनगएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए। अहिले विद्युत पोल सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माणकार्य तीव्रगतिमा अघि बढाइएको उनले बताए। रासस


प्रकाशित : शनिबार, साउन २१ २०७९१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend