शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्वीस कम्पनी एबीबीले ल्यायो १५ मिनेटमै ४ कार चार्ज गर्ने विश्वकै ‘फास्ट’ चार्जर

शनिबार, असोज १६ २०७८
स्वीस कम्पनी एबीबीले ल्यायो १५ मिनेटमै ४ कार चार्ज गर्ने विश्वकै ‘फास्ट’ चार्जर

एबीबीले सार्वजनिक गरेको नयाँ टेरा ३६० मोडुलर चार्जर हो। योसँगै कम्पनीले इभी  चार्जरको व्यापार उल्लेख्य बढ्ने अनुमान गरिएको छ। कम्पनीको अब इभी चार्जरको व्यापार करिब ३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

काठमाडौं- स्वीस कम्पनी एबीबीले विश्वकै सबैभन्दा छिटो इलेक्ट्रिक कार चार्जर ल्याएको छ। विश्वभर इलेक्ट्रिक कारको उत्पादन तथा माग बढ्दै गएकाले स्वीस इन्जिनियरिङ कम्पनी एबीबीले फास्ट चार्जर बनाएको हो। 

टेस्ला, हुन्डाईलगायत कम्पनीले उत्पादन गरेका इलेक्ट्रिक कारको माग बढ्दै गएकाले फास्ट चार्जरको आवश्यकता देखिएको निष्कर्षमा कम्पनी पुगेको हो। 

एबीबीले सार्वजनिक गरेको नयाँ टेरा ३६० मोडुलर चार्जर हो। योसँगै कम्पनीले इभी  चार्जरको व्यापार उल्लेख्य बढ्ने अनुमान गरिएको छ। कम्पनीको अब इभी चार्जरको व्यापार करिब ३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

एबीबीले बनाएको चार्जरले एकैपटकमा ४ वटासम्म इलेक्ट्रिक कार चार्ज गर्न सकिने छ। चारवटा कार चार्ज गर्न उक्त चार्जरलाई १५ मिनेटमात्र लाग्ने रोयटर्सले लेखेको छ। 

अहिले इलेक्ट्रिक कार उपभोक्ताको सबैभन्दा टाउको दुःखाइको विषय चार्जिङका लागि लाग्ने समय हो। यो उत्पादकको चिन्ताको विषय बनेको छ। हालसम्म १ घण्टभन्दा कम समयमा चार्जहुने चार्जरको विकास भएको छैन। विभिन्न कम्पनीहरुले फास्ट चार्जर बनाउन ठूलो लगानी गरिरहेको छन्। 

विश्वका सरकारहरुले वातावारण प्रदूषण, जलवायु परिवर्तनलगायत कारण इलेक्ट्रिक सवारी सम्बन्धमा स्पष्ट नीति लिनुपर्ने एबीबी अन्तर्गतको इ–मोबिलिटी डिभिजनका प्रमुख फ्राङक म्युलोनले बताए। इलेक्ट्रिक कार तथा ठूला सवारीको उत्पादन बढ्दै गएको र त्यसका लागि आवश्यक फास्ट चार्जर समेत बनेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ। 

२०२० मा विश्वभर इलेक्ट्रिक भेइकलको दर्ता उल्लेख्य बडेको थियो। सो वर्ष कारको दर्ता ४१ प्रतिशतले बढेर ३० लाख पुगेको छ।

कोरोना कालमै इलेक्ट्रिक सवारीको दर्ता अनपेक्षित रुपमा बढेको इन्टिरनेसनल इनर्जी एजेन्सीले उल्लेख गरेको छ। २०२१ को पहिलो ३ महिनामा विश्वभर इलेक्ट्रिक सवारी दर्ता १ सय ४० प्रतिशतले बढेको एजेन्सीले जनाएको छ। एबीबीको टेरा ३६० ले ३ मिनेट चार्ज गर्दा १ सय किलोमिटर चल्न पुग्ने दाबी गरिएको छ।

यो चार्जर २०२१ कै अन्त्यमा युरोपेली बजारमा उपलब्ध हुनेछ। त्यस्तै २०२२ मा अमेरिका, ल्याटिन अमेरिका र एसिया प्रशान्त क्षेत्रमा सो चार्जर बजारमा पाइने छ। 

कम्पनीले २०२० मा २२ करोड अमेरिकी डलर बराबरको चार्ज सम्बन्धि व्यापार गरेको थियो। एबीबीले २०१० देखि चार्जर उत्पादन तथा बिक्री सुरु गरेको थियो। 


प्रकाशित : शनिबार, असोज १६ २०७८०२:३५
  • सम्बन्धित विषय:

  • # फास्ट चार्जर
  • # एबीबी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend