शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अगस्ट १५ मा ओलाको पहिलो विद्युतीय कार सार्वजनिक हुने

शुक्रबार, साउन २० २०७९
अगस्ट १५ मा ओलाको पहिलो विद्युतीय कार सार्वजनिक हुने

‘ओलाको नयाँ उत्पादनका लागि हामी अतिनै उत्साहित छौं। १५ अगस्टमा भविष्य तग गर्ने उत्पादन आउने छ,’ अग्रवालले भनेका छन्। 

काठमाडौं- भारतीय विद्युतीय सवारी उत्पादक कम्पनी ओला इलेक्ट्रिकले यही अगस्ट १५ मा पहिलो विद्युतीय कार सार्वजनिक गर्ने भएको छ। अगस्ट १५ भारतको स्वतन्त्रता दिवस हो। 

ओलाले गत वर्ष पनि अगस्ट १५ कै दिन आफ्नो पहिलो उत्पादन विद्युतीय स्कुटर एसवान प्रो सार्वजनिक गरेको थियो। विद्युतीय स्कुटर बजारमा ल्याएर चर्चा बटुलेको ओलाले विद्युतीय कारबाट समेत राम्रै अपेक्षा राखेको छ। 

अगस्ट १५ मा सार्वजनिक गरिने नयाँ विद्युतीय कारको बिक्री भने आगामी वर्षदेखि हुने ओलाका संस्थापक तथा सीईओ भाविष अग्रवालले बताएका थिए। ‘ओलाको नयाँ उत्पादनका लागि हामी अतिनै उत्साहित छौं। १५ अगस्टमा भविष्य तग गर्ने उत्पादन आउने छ,’ अग्रवालले भनेका छन्। 

ओलाले भारतमा लिथियम आयन ब्याट्री उत्पादन गर्ने गरि पीएलआई योजनामा समेत सहभागि भएको छ। ओलाले हालै लिथियम आयन सेल सार्वजनिक गरेको थियो। ब्याट्री तथा कार उत्पादनका लागि ओलाले नयाँ प्लान्ट नै घोषणा गर्ने अनुमान गरिएको छ। 

ओलाको फ्युचरफ्याक्ट्रीमा कस्टुमर डेका अवसरमा गत जुनमा ओलाले पहिलो पटक विद्युतीय कार ल्याउने घोषणा गरेको थियो। ओलाको विद्युतीय कार निक्कै आकर्षक देखिएको छ। कारको दुवैतिर ओलाको लोगो हुनेछ। 

ओलाले विद्युतीय कार प्लान्ट स्थापना गर्न करिब १ हजार एकड जमिन खोजिरहेको थियो। यो आकारको जमिन भेटेमा ओलाले अहिले एसवान सिरिजको विद्युतीय स्कुटर उत्पादन गर्दै आएको फ्युचरफ्याक्टीभन्दा दोबर ठूलो हुनेछ। 

केही महिनाअघि ओलाको स्कुटरमा आगो लागेको घटनाले विद्युतीय दुई पांग्रे बजारमा तरंग उत्पन्न भएको थियो। विद्युतीय स्कुटरमा आगो लागेको विषयमा सरकारले समेत गम्भीर अनुसन्धान गरेको थियो। ओलासहित प्योरको स्कुटरमा समेत आगो लागेको थियो। 


प्रकाशित : शुक्रबार, साउन २० २०७९०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend