आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २० २०७९
images
लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण

निकुञ्जको संरक्षणकार्य प्रभावकारी बनाउन गत आर्थिक वर्षमा सम्पन्न विकास कामको प्रगति एवं खर्चसमेत सार्वजनिक भएको छ।

images
images

रसुवा- वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ। जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो। 

images
images
images

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा उक्त राहत रकम वितरण गरिएको हो।

images
images

राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा छन्। वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको हकमा सरकारी अस्पतालमा उपचार भएको बिलबमोजिम र अन्नबाली तथा चौपाया क्षतिका सम्बन्धमा मापदण्डको परिधिभित्र रही स्थानीय मूल्याङ्कनका आधारमा क्षतिपूर्ति प्रदान गरिँदै आएको छ। 

images
images

यस्तै निकुञ्जको संरक्षणकार्य प्रभावकारी बनाउन गत आर्थिक वर्षमा सम्पन्न विकास कामको प्रगति एवं खर्चसमेत सार्वजनिक भएको छ।

विनियोजित रकम २८ लाख ८८ हजारमध्ये लक्षित विकास निर्माणका संरचना तयार गराउन २५ लाख २५ हजार खर्च भएको र समग्र प्रगति ९१ दशमलव ८२ प्रतिशत पूरा भएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, साउन २० २०७९०५:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend