आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

प्रधानमन्त्री कार्यालय तानिए सचिव मरासिनी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १९ २०७९
images
प्रधानमन्त्री कार्यालय तानिए सचिव मरासिनी 

संसदीय छानविन समिति गठन भएपछि मन्त्री शर्माले राजिनामा दिएका थिए। शर्मा अर्थमन्त्रीमा पुनःनियुक्त भएदेखि नै मरासिनी अर्थमा हाजिर भएका थिएनन्। 

images
images

काठमाडौं- नेपाल सरकारका सचिव मधुकुमार मरासिनी अर्थ मन्त्रालयबाट सरुवा भएका छन्। 

images
images
images

आज बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ। यसअघि बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको विषय विवादित बनेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र सचिव मरासिनीबीच विवाद भएको थियो। 

images
images

संसदीय छानविन समिति गठन भएपछि मन्त्री शर्माले राजिनामा दिएका थिए। शर्मा अर्थमन्त्रीमा पुनःनियुक्त भएदेखि नै मरासिनी अर्थमा हाजिर भएका थिएनन्। 

images
images

जनार्दन शर्माको पुन: नियुक्तिपछि पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सरुवा गरेको हो। 

मरासिनीको सरुवा भएपनि नयाँ अर्थसचिवका रुपमा कसैलाई तोकिएको छैन। अर्को सचिव नहुँदासम्मका लागि अहिलेका राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थसचिवको जिम्मेवारी तोकिएको छ।

मरासिनीको सरुवा हुने निश्चित जस्तै भएपछि अर्थमा जानका लागि लबिङ गरेका थिए। अहिलेका उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, राजस्व सचिव पुष्कर लगायतले अर्थसचिवका लागि लबिङ गरेका थिए। 

आजको बैठकले अन्य सचिब पनि सरुवा गरेको छ। अर्जुनप्रसाद पोखरेललाई उद्योगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, तोयानारायण ज्ञवाली उद्योगमा र डिल्लीराम शर्मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सरुवा भएका छन्। आजै सचिव पदस्थापन भएका दिपक काफ्ले लुम्बनी प्रदेशमा  गएका छन्। 

 

 

 

 


प्रकाशित : बिहीबार , साउन १९ २०७९११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend