शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा एकैचरणमा

बिहीबार , साउन १९ २०७९
प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा एकैचरणमा
फाइल तस्बिर

काठमाडौं- आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन एकैचरणमा हुने भएको छ। बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफलमा जुटेको सहमतिअनुसार मिति तय भएको हो। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो। तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो।

 


प्रकाशित : बिहीबार , साउन १९ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend