शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा एकैचरणमा

images
बिहीबार , साउन १९ २०७९
images
प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा एकैचरणमा
फाइल तस्बिर
images
images

काठमाडौं- आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन एकैचरणमा हुने भएको छ। बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफलमा जुटेको सहमतिअनुसार मिति तय भएको हो। 

images
images
images

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो।

images
images

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो। तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो।

images
images

 


प्रकाशित : बिहीबार , साउन १९ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend