आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १९ २०७९
images
कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित

श्रीलङ्का टापु, सिसौलिया र एबिसी क्षेत्रका टापुमा बसोबास गर्ने मानिस नगरको अन्यत्र स्थानमामा र अन्य पनि घर भएका कारण उनीहरु तत्काल दोस्रो स्थानमा वा आफन्त भएको सुरक्षितस्थलतर्फ गएका हुन्।

images
images

उदयपुर- सोमबारदेखि आएको निरन्तर वर्षाका कारण जिल्लाको बेलका नगरपालिकाको सप्तकोसी क्षेत्रमा कोसीले नदीले मङ्गलबार बिहानदेखि कटान गरेर गाउँघरमा कोसी नदी प्रवेश गर्न थालेपछि बुधबार बेलुकीसम्ममा सो क्षेत्रका करिव एक हजार जनतालाई सुरक्षित स्थानमा राखिएको छ भने एक हजार ५०० आफैं सुरक्षित स्थानतर्फ गएका छन्।

images
images
images

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोसीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालयमा लगेर राखिएको छ। यस्तै नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोसीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै एक हजार ५ सयजना आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताइन्।

images
images

उनका अनुसार श्रीलङ्का टापु, सिसौलिया र एबिसी क्षेत्रका टापुमा बसोबास गर्ने मानिस नगरको अन्यत्र स्थानमामा र अन्य पनि घर भएका कारण उनीहरु तत्काल दोस्रो स्थानमा वा आफन्त भएको सुरक्षितस्थलतर्फ गएका हुन्।  बाढीका कारण पीडित बनेका नगरको वडा नं ३ र ८ का हजार जनतालाई नगरपालिकाले सेतीखोला, बानडाँडा, तपेश्वरी र सातपत्रेका विभिन्न मावि तथा निमाविसहित आधारभूत विद्यालयमा राखिएको  छ। उनीहरुलाई विभिन्न सामाजिक सङ्घ संस्थाले पनि खाने कुरा र ओढ्ने उपलब्ध गराउनाका साथै नगरपालिका आफैंले पनि चाल, दाल, तेल तथा कपडा उपलब्ध गराएको उपप्रमुख राईले बताइन्।

images
images

बुधबार बिहानदेखि नै नगरपालिकाको सिसौली घाट, सातपत्रे, तपेश्वरी, श्रीलङका टापु, एबिसी टापु, डुम्रीबोट, सहितका ठूलो मानव बसोबास क्षेत्रमा सप्तकोसी नदीको पानी प्रवेश गरेपछि प्रदेश सरकार, जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित नगरपालिकाका जनप्रतिनिधिले पीडित जनतालाई उद्धार गरेर अन्यत्र सार्ने कार्य गरेका थिए। कोशीको बाढी प्रबेश गरेका स्थलबाट जनताहरुको उद्धार गरिसकिएको र अहिले बाढीको बहाव पनि घटेर गएका कारण तत्काललाई खतरा टरे पनि त्यस स्थानमा नगरपालिकाका जनप्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका टोलीले निगरानी गरिरहेको नगरपालिकाले जनाएको छ।

बेलका सिसौलिया घाटका पीडित कमलबहादुर परियारका अनुसार ४० वर्ष अगाडि जुन स्थानबाट कोसी नदी बग्ने गर्दथ्यो र पछि कोसीले धार परिवर्तन गरेर अन्यत्रबाट बग्न थालेपछि धार परिवर्तन गरेको स्थानमा मानिस बसोबास गर्न थालेकामा यस पटक ४० वर्षपछि कोसीको बाढी पुरानै बाटोमा फर्कंदा ठूलो सङ्ख्यामा बसोबास गर्ने जनता विस्थापित हुनुपर्ने अवस्था आएको छ।

अहिलेका लागि तत्काल खतराको सामाधन केही भए पनि भोलिका दिन  कसरी काम गर्ने र विद्यमान समस्या समाधान कसरी गर्ने भन्नेबारे नगरपालिकाले तत्कालै स्थानीय प्रशासन, राजनीतिक दल, प्रहरी सेना र प्रदेश सरकारसँग  छलफल सुरु गरेको छ। रासस


प्रकाशित : बिहीबार , साउन १९ २०७९०७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend