शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ब्याजदर बढ्दै, ऋण अझै महँगो हुने 

बढ्दो ब्याजदर अर्थतन्त्रले थेग्‍न सक्दैन : गोल्छा 

images
बुधबार, साउन १८ २०७९
images
ब्याजदर बढ्दै, ऋण अझै महँगो हुने 

बढ्दो ब्याजदरको भार नेपाली बजारले धान्न नसक्ने भन्दै उनीहरूले घट्ने वातावरण बनाउनुपर्ने माग गर्दै आएका थिए।

images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप तथा ऋणको ब्याजदर बढाउने भएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार एकीकृत निर्देशन २०७८ मा संसोधन परिमार्जन गर्दै लिएका नीतिका कारणले ब्याजदर बढ्ने भएको हो। 

images
images

राष्ट्र बैंकको निर्देशन आएपछि ब्याजदर बढाउन बैंक तथा वित्तीय संस्थाहरू अग्रसर भएका छन्। वाणिज्य बैंकका प्रमुख कार्यकारीहरूको संस्था नेपाल बैकर्स संघले ब्याजदर बढाउनका छलफल समेत बोलाइ सकेको छ। 

images
images

राष्ट्र बैंकका तीनवटा नीतिगत दरमा भएका परिवर्तनले गर्दा ब्याजदर बढ्ने निश्चित भएको छ। निक्षेप तथा ऋणको ब्याजदर बढाउनका लागि अहिलेका नीतिगत परिवर्तनले उत्प्रेरणा दिएका छन्। 

'हामीले मागे अनुसार त अझै भएको छैन। हामीले ऋणको ब्याजदर पनि मासिक परिवर्तन गर्न पाउनुपर्ने माग गरेका थियौं। त्यो भएन। तर अहिलेको निर्देशनले मार्गदर्शन गरेको छ' एक बैंकरले भने। 

राष्ट्र बैंकले स्थायी तरलता दर बढाएको छ। निर्देशनमा संसोधन गर्दै ७ बाट ८.५ प्रतिशत बनाएको छ। त्यस्तै रिपो दर पनि ५ बाट ७ प्रतिशत पुगेको छ।  यसको प्रभाव बैंकको ब्याजदरमा पर्ने निश्चित छ। 

ब्याजदर वृद्धिलाई सहयोग गर्ने अर्को परिवर्तन हो अनिवार्य तरलता अनुपात। पहिले ३ प्रतिशत रहेको यस्तो अनुपात अब ४ प्रतिशत बनाइएको छ। यो नीतिका कारणले गर्दा बैंकहरूको आम्दानी नहुने पुँजी वृद्धि हुने छ। यसले लागत वृद्धि गर्ने छ। जसको प्रभाव ऋणको ब्याजदर बढ्ने छ। वैधानिक तरलता अनुपातमा पनि राष्ट्र बैंकले वृद्धि गरेको छ। 

यी नीतिगत परिवर्तनको प्रभाव ब्याजदरमा पर्ने छ। स्वभाविक रूपमा निक्षेप र ऋणको ब्याज बढ्ने छ। तर यस्तो ब्याजदर बढाउने निर्णय बैंकहरूले सामूहिक रुपमा गर्ने छन्। 

जेठ मसान्तसम्म भारित औसत कर्जाको ब्याजदर ११.५४ प्रतिशत छ। त्यस्तै औसत आधार दर ९.३९ प्रतिशत रहेको छ। 

अहिले नै ऋणको ब्याज धेरै भएको भन्दै व्यवसायीहरूले घटाउनुपर्ने बताउँदै आएका थिए। बढ्दो ब्याजदरको भार नेपाली बजारले धान्न नसक्ने भन्दै उनीहरूले घट्ने वातावरण बनाउनुपर्ने माग गर्दै आएका थिए। अब बढ्ने ब्याजले अर्थतन्त्रलाई अझै सिथिल बनाउने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। 

'अहिलेको बढ्दो ब्याजदरले अर्थतन्त्रलाई अझै शिथिल बनाउँछ। आर्थिक गतिविधि लगभग ठप्प हुन्छन्। त्यसैले अब ब्याजदर बढ्ने होइन अझै घट्ने अवस्था ल्याउनुपर्छ' गोल्छाले भने। 

अर्थतन्त्रको चलायमानतालाई कायमै राख्नका लागि ब्याजदर बढ्न नहुने उनको भनाइ छ। ब्याजदर बढाएमा अर्थतन्त्रको चक्र प्रभावित हुने र त्यही कारणले अझै ठूलो संकट आउनसक्ने उनले बताए।


प्रकाशित : बुधबार, साउन १८ २०७९१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend